दोलखामा माओवादी केन्द्रका कार्की नै अगाडि


     एभरेस्ट आवाज    
     मंसिर १६ गते २०७९ मा प्रकाशित




दोलखा जिल्लाको प्रतिनिधि सभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र) का गंगाबहादुर कार्कीले अग्रता कायम राखेका छन्।

कार्कीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार बालकृष्ण सिवाकोटीलाई १ हजार ७५४ को मतान्तरले पछि पारेका छन्।

पछिल्लो मत परिणामअनुसार वाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनेका कार्कीले ३ हजार २२४ मत प्राप्त गरेका छन् भने सिवाकोटीले १ हजार ४७० मत ल्याएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।