स्याङ्जा–२ (१) मा काँग्रेसका अर्याल विजयी


     एभरेस्ट आवाज    
     मंसिर १६ गते २०७९ मा प्रकाशित




स्याङ्जा क्षेत्र नं २ (१) मा सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उमेदवार भोजराज अर्याल विजयी भएका छन्।

आज (शुक्रबार) बिहान सम्पन्न मतगणनाबाट उनी १५ हजार १६१ मत प्राप्त गरी विजयी भएका हुन्।

काँग्रेस उमेदवार अर्यालले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार मोहन रेग्मीलाई २ हजार ७३० मतान्तरले पराजित गरे।

विसं २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा विजयी भएका रेग्मीले यसपटक १२ हजार ४३१ मत प्राप्त गरे।

स्याङ्जा–२ (१) मा गल्याङ नगरपालिकाका ६ र ७, भिरकोट नगरपालिकाका ५, ६, ७, ८ र ९ तथा वालिङ नगरपालिकाका १, २, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १४ नं गरी १९ वडा पर्छन्। विजयी अर्याल यसअघि वालिङ गाविसको अध्यक्ष र २०५४ सालमा वालिङ नगरपालिकाको नगर प्रमुख भइसकेका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। स्याङ्जा क्षेत्र नं २ मा काँग्रेसका धनराज गुरुङको अग्रता कायमै छ। गुरुङले १२ हजार ९५१ मत प्राप्त गरी अग्रता लिइरहेका छन्।

निकटतम प्रतिद्वन्द्वी एमाले उमेदवार पद्माकुमारी अर्यालले १० हजार ६२७ मतसहित पछ्याइरहेकी छन्। उनीहरुबीच २ हजार ३२४ मतान्तर छ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।