काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ ।
अध्यक्ष नेपालको निवास कोटेश्वरमा आज भएको भेटमा दुवै नेता प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकामा एकअर्कालाई बधाई दिएका थिए । भेटमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको समीक्षा भएको उपसभापति खड्काको सचिवालयले जानकारी दिएको छ ।
सो अवसरमा वर्तमान सत्ता गठबन्धनलाई नयाँ सरकार बनाउन पनि निरन्तरता दिने र अरु दलहरूलाई पनि गठबन्धनमा सहभागी गराउन पहल गर्ने गरी सकारात्मक छलफल भएको बताइएको छ ।
यसअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपसभापति खड्काबीच पनि भेटवार्ता भएको थियो । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







