आज मंसीर १९ गते नेपाली गीत संगीतका स्वर सम्राट नारायण गोपालको स्मृति दिवस।
‘म त लालीगुराँस भएँछु ‘‘ वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’
‘आँखा छोपी नरोउ भनी भन्नु पर्या छ,
मुटुमाथि ढुंगा राखी हाँस्नुपर्याछ।’
यी र यस्ता सयौँ गीतलाई कर्णप्रिय स्वरले सिंगारेका नारायण गोपाल गुरुवाचार्यको आज स्मृति दिवस मनाइँदैछ।
उनको सम्झनामा विभिन्न कार्यक्रमहरुको आयोजना गरेर आज उनलाई सम्झने गरिन्छ।
जादुमयी आवाजबाट गीत, संगीतमा सबैलाई आकर्षण गर्न सफल नारायण गोपालले स्वर सम्राटको उपाधि पाएका थिए।
विक्रम सम्वत् २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गरेका नारायण गोपालले त्यसपछि गायन यात्रालाई निरन्तरता दिँदै आए। एनले गाएका सबै गीतहरु सदाबहार र कालजयी बने। जुन गीतहरुलाई आजका पुस्तासम्मले मन पराउने गरेका छन्।
उनले आफ्नो गायन यात्रामा १३६ भन्दा धेरै गीतहरु गाएका छन्। नारायण गोपालले आधुनिक मात्र नभएर डेढ दर्जन जति नेपाली चलचित्रका गीतमा समेत आवाज भरेका छन्।
नारायण गोपाल संगीत कोषले प्रत्येक वर्ष उनको स्मृति दिवसका दिन विभिन्न सांगीतिक कार्यक्रमहरु गर्दै आएको छ। प्रत्येक वर्ष आजका दिन महाराजगञ्जस्थित नारायणगोपालको शालिकमा माल्यार्पण गरिदैँ आएको छ।
विक्रम सम्बत १९९६ सालमा काठमाडौंको किलागलमा जन्मेका नारायण गोपालको २०४७ साल मंसिर १९ गते आजकै दिन निधन भएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगरपालिकाको प्रथम अधिवेशनबाट योगेन्द्रबहादुर केसी सभापतिमा निर्वाचित…







