आज विश्व माटो दिवस पनि


     एभरेस्ट आवाज    
     मंसिर १९ गते २०७९ मा प्रकाशित




आज अंग्रेजी डिसेम्बर महिनाको ५ तारिक अर्थात विश्व माटो दिवस।

स्वस्थ माटोको महत्वमा विश्वको ध्यान केन्द्रीत गर्न र माटोको स्रोतको स्थायी व्यवस्थापनसम्बन्धी जनचेतना फैलाउन हरेक वर्षको डिसेम्बर ५ तारिखमा संयुक्त राष्ट्र संघको आब्हनमा विश्व माटो दिवस मनाउने गरेको छ।

थाईल्याण्डको राजा भुमिबोल अडुल्याडेजले विश्व माटो दिवसलाई आधिकारिक रूपमा स्वीकृत गरेकोले यो दिन उनकै जन्मदिन अर्थात् ५ डिसेम्बरमा मनाउन थालिएको हो।

खाधान्न र माटोलाई जोडेर यस वर्षको माटो दिवसको नारा क्यष्स् िध्जभचभ ाययम दभनष्लक तय गरिएको छ।

कृषि तथा माटो विज्ञहरुका अनुसार नेपालको खेतीयोग्य जमिनको ५५ प्रतिशत माटो अम्लिय प्रकृतिको, ५ प्रतिशत क्षारिय र ४५ प्रतिशत तटस्थ प्रकृतिको छ। धेरैजसो बाली उत्पादनको लागि तटस्थ माटो उपयुक्त हुन्छ।

नेपालमा खेती गरिने जमिनको ५६ प्रतिशत नाईट्रोजनको मात्रा न्यून, ३० प्रतिशतमा मध्यम र १४ प्रतिशतमा अधिक रहेको छ। पछिल्लो समय गोबर वा कम्पोष्ट मल, हरियो मलको प्रयोग न्यून रहेकाले माटो बिग्रँदै गएको विज्ञहरु बताउँछन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।