दोलखाको प्रदेशसभा (२) बाट एमालेका भरतबहादुर केसी निर्वाचित


     एभरेस्ट आवाज    
     मंसिर १९ गते २०७९ मा प्रकाशित




दोलखा जिल्लाको प्रदेशसभा (२) बाट नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी निर्वाचित भएका छन्।

निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार वर्मा लामालाई १ हजार ८१९ को मतान्तरले हराउँदै बागमति प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

मत गणनाको अन्तिम नतिजामा केसीले १९ हजार ४१४ मत प्राप्त गरे भने वाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनेका लामाले १७ हजार ५९५ मत प्राप्त गरे।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।