‘हाईब्रिड’ को प्रयोगले रैथाने बाली लोप हुँदै


     एभरेस्ट आवाज    
     मंसिर २० गते २०७९ मा प्रकाशित





उन्नत तथा ‘हाईब्रिड’ जातको बीउको बढ्दो प्रयोगका कारण रैथाने बाली लोपहुँदै गएका छन् । थोरै जमिनमा धेरै उत्पादन लिन आधुनिक, उन्नत तथा ‘हाईब्रिड’ जातको बालीतर्फ किसान आकर्षित हुँदा रैथाने ९स्थानीय० बाली लोप हुन थालेका हुन् ।

ढिलै भए पनि रैथाने बालीको बीउ संरक्षणमा जोड दिने गरी वालिङस्थित वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले अभियान अगाडि बढाएको छ ।

वालिङ तथा आसपासका क्षेत्र स्याङ्जा, पर्वत र पाल्पाका विभिन्न भागमा पुगेर स्थानीय जातका खाद्यान्न तथा तरकारी बालीका बीउ सङ्कलन गर्दै आइएको उक्त संस्थाका अध्यक्ष यामबहादुर गुरुङले बताउनुभयो । वालिङ नगरपालिका, दियालो संस्था र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी०को सहयोगमा उक्त संस्थाले सो अभियान चलाएको हो ।

स्याङ्जा जिल्लाका अधिकांश भागसहित पाल्पा, पर्वत र गुल्मीका केही भागमा पुगेर रैथाने जातका बालीका बीउ सङ्कलन अभियानलाई जारी राखेको उहाँले बताउनुभयो ।

अन्य बीउ तथा प्राङ्गारिक मलसहित लोप हुँदै गएका बाली संरक्षणलाई प्राथमिकतामा राखेर बीउको संरक्षण गर्दै अगाडि बढ्ने लक्ष्य रहेको युनडिपीका गण्डकी, लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले बताउनुभयो । संस्थासँगको सहकार्यमा गड्यौला मल उत्पादन तथा बजारीकरण पनि गरिएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।