फिफा विश्वकप: क्वार्टरफाइनल समिकरण पूरा


     एभरेस्ट आवाज    
     मंसिर २१ गते २०७९ मा प्रकाशित




कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनल समिकरण पूरा भएको छ।

मंगलबार राति सम्पन्न अन्तिम २ खेलसँगै प्रिक्वार्टरफाइनल चरणका खेलहरु सकिएका छन्।

प्रिक्वार्टरफाइनलका अन्तिम २ खेल, मोरक्को र स्पेन तथा पोर्चुगल र स्वीट्जरल्यान्डबीचको खेल सकिएसँगै क्वार्टरफाइनल समिकरण पूरा भएको छ।

मंगलबार राति पोर्चुगल र स्विट्जरल्यान्डबीचको अन्तिम प्रि–क्वाटरफाइनल खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो ।

कतार विश्वकपमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगलले अन्तिम ८ मा स्थान बनाएका छन्।

अब, पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ।

दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ।

यस्तै, तेस्रो क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्यान्ड तथा अन्तिम क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ।

पोर्चुगल र मोरक्को क्वार्टरफाइनलमा

प्रिक्वार्टरका अन्तिम २ खेलमा पोर्चुगल र मोरक्को क्वार्टरफाइनल चरण पुगेको छ।

पोर्चुगलले कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएको छ।

आज राति सम्पन्न खेलमा पोर्चुगलले स्वीटजरल्याण्डमाथि फराकिलो जित निकाल्दै जारी विश्वकप फुटबलको क्वार्टरफाइनमा स्थान बनाएको हो।

लुसइल स्टेडियममा सम्पन्न खेलमा स्वीटजरल्याण्डमाथि ६–१ गोलको फराकिलो जित निकाल्दै पोर्चुगलले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो।

दक्षिण कोरियाविरुद्धको खेलमा सब्सिच्युड गर्दा खराब हाउभाउ देखाएको भन्दै आफ्नै प्रशिक्षकबाट आलोचना खेपेका पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पहिलो हाफमा बेञ्चमै रहे। उनको स्थानमा खेलेका गोन्जालो रामोसले भने ह्याट्रिक पूरा गरे। रामोसले १७, ५१ र ६७ औं मिनेटमा गोल गर्दा पेपेले ३३, राफेल गुएरिएरोले ६५ र राफेल लेओले इन्ज्युरी समयमा गोल गरे।

अर्कोतर्फ स्वीटजरल्याण्डका म्यानुअल अकान्जीले ५८ औं मिनेटमा सान्त्वना गोल फर्काए।

पोर्चुगलका २१ वर्षे युवा स्ट्राइकर रामासको प्रदर्शन भने सानदार रह्यो। अघिल्लो खेलमा जितसँगै पोर्चुगलले क्वाटरफाइनलमा स्थान पक्का गरेको छ। क्वाटरफाइनलमा पोर्चुगलको प्रतिद्वन्दी मोरोक्को हुनेछ।

उता, आज राति नै सम्पन्न अर्को खेलमा स्पेन मोरक्कोसँग स्तब्ध बनेको छ। मोरक्कोले स्पेनलाई पेनाल्टीमा स्तब्ध पार्दै क्वाटरफाइनलमा पुगेको ।

स्पेन विश्वकप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ। मंगलबार राति भएको खेलमा स्पेन मोरक्कोसँग टाइब्रेकरमा ३–० ले पराजित हुँदै प्रतियोगिताको नकआउट चरणबाटै बाहिरिएको हो।

निर्धारित तथा अतिरिक्त समय गोलरहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकर सुटआउट बाट लिएको थियो। जहाँ स्पेनले सुरुवाती ३ पेनाल्टी सदुपयोग गर्न असफल हुँदा मोरक्कोले भने सुरुवाती ४ मध्ये ३ पेनाल्टी सदुपयोग गर्दै ३–० ले खेल आफ्नो पक्षमा पार्‍यो।

टाइब्रेकरमा मोरक्कोका अब्देलहामिद सबिरी, हाकिम जिएच र अच्राफ हाकिमीले गोल गरे।

बदर बेनोनको पेनाल्टी प्रहार स्पेनका गोलकिपर युनाई सिमोनले रोके।

स्पेनका पाब्लो सराबिया, कार्लोस सोलेर र सर्जियो बुस्केट्स टाइब्रेकरमा गोल गर्न असफल रहे।

सराबियाले पोस्टमा प्रहार गर्दा सोलेर र बुस्केट्सको प्रहार मोरक्कोका गोलकिपर यासिनले रोके।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।