कन्या क्याम्पस प्राध्यापक संघद्वारा आयोजित सामुदायिक क्याम्पसस्तरीय छात्रा भलिवल प्रतियोगिता कन्या क्याम्पसले जितेको छ।
कन्या क्याम्पस पोखराको ३१ औँ वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगिताको फाइनल खेलमा जनप्रिय बहुमुखी क्याम्पसलाई पराजित गर्दै कन्या क्याम्पसले उपाधि जितेको हो।
रोमाञ्चक प्रतिस्पर्धामा कन्याले जनप्रियलाई ३–२ को सेटमा पराजित गर्यो। सुरुआती २ सेट गुमाएको कन्याले उत्कृष्ट पुनरागमन गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल बन्यो।
मंगलबार नै सम्पन्न तेस्रो स्थानका लागि भएको खेलमा विन्ध्यवासिनी क्याम्पसले कालिका पब्लिक कलेजलाई ३–१ सेटमा पराजित गर्यो।
पहिलो खेलमा कालिका पब्लिक कलेजकी सम्झना पुन तथा फाइनलमा जनप्रिय क्याम्पसकी स्माइल पुन ‘प्लेयर अफ द म्याच’ बने।
३ दिनसम्म सञ्चालित प्रतियोगितामा ९ क्याम्पसका १० टिमको सहभागिता थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







