कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मंगलवार साँझ बेदकोट नगरपालिका–१ स्थित हात्तीथलाका ७१ वर्षिया हिरादेवी धानुकको हात्तीको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक भरत गिरीले जानकारी दिएका छन्।
प्रहरीका अनुसार बैजनाथ मध्यवर्ती सामुदायिक वनभित्र दाउरा लिन गएको अवस्थामा जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको हो।
स्थानीय घरले वृद्ध अवर रातिसम्म पनि घर नफर्केपछि वनमा खोजी गर्दा शरीर च्यातेर फालेको अवस्थामा फेला परेको बताए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







