एन.टि.एच.एम.सी युथ डेभलपमेन्ट कल्बको अध्यक्षमा कविन सापकोटा


     एभरेस्ट आवाज    
     मंसिर २१ गते २०७९ मा प्रकाशित




पोखरा । नेपाल टुरिजम एण्ड होटल मेनेज्मेन्ट कलेज, सेन्टर फर विजनेस मेनेज्मेन्टमा युथ डेभलपमेन्ट कल्बको कार्यसमिति गठन भएको छ ।

बुधवार भएको डिजिटल चुनाव अनुसार कार्य समितिको अध्यक्षमा कविन सापकोटा (बि.बि.ए ७ सेमेस्टर), उपा अध्यक्षमा उमा कुमारी थापा (बि.बि.ए ३ सेमेस्टर) लगाएत सचिवमा प्रसान्त सुवेदी (बि.बि.ए २ सेमेस्टर), उप सचिवमा करिमा आले (बि.बि.ए–बि.आई ५ सेमेस्टर), कोषाध्यक्षमा कुसल श्रेष्ठ (बि.बि.ए–बि.आई ५ सेमेस्टर) साथै उप कोषाध्यक्षमा प्रजिता खांड (बि.बि.ए–बि.आई ५ सेमेस्टर) निर्वाचित भएका छन् । साथै कार्य समिति सदस्यमा जिया मराशैनि, सन्ध्या पौडेल, कुशल आले, शिव थापा, दिपा भुजेल, सुजन गुरुङ्ग, प्रविन ढुंगाना, सञ्जिता पौडेल, अलिक श्रेष्ठ, कृष्ण थापा मगर, सुदिप ओझा, ममता सुवेदी, अमिशा परियार र अनुप गुरुङ छनौट भएका छन् ।

कलेजका प्रिन्सिपल प्रकाश रेग्मी र कोअडिनेटर हरिहर पौडेल र शिक्षक मिलन श्रेष्ठको निर्वाचन निरीक्षणमा डिजिटल फर्म्याटबाट सम्पन्न भएको हो । नयाँ चयन भएको यस समितिमा सबै सेमेष्टर छात्र/छात्राहरुको सहभागिता रहेको अध्यक्ष कविनले बताएका छन् । नयाँ समितिका पदाधिकारीहरुलाई स्वागत र हौसला प्रधान गर्दै बधाई तथा शुभकामना ज्ञापन गरिएको प्रिसिन्पल प्रकाश रेग्मीले जानकारी दिए ।

विद्यार्थीहरुको उद्यमशिलता, कार्य दक्षता, सामाजीकरण र चौतर्फी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले क्लब स्थापना गरिएको विद्यालयका प्रिन्सिपल रेग्मीले जानकारी दिए ।

कल्बले विभिन्न शैक्षिक कार्यक्रमहरु साथै सामाजिक कार्यक्रमहरु गर्नेछ, जसले गर्दा विद्यार्थीहरुको व्यक्तिगत क्षमता बृद्धि, कार्यकुशलता साथै समग्र विकासमा टेवा पुग्नेछ । यस कल्बले छिटै व्यापारिक योजना वक्तव्य विकास, मार्केटिङ्ग तथा विज्ञापन प्रतियोगिता आईडिया, पिचिङ्ग सचेतना तथा अभिमुखिकरण कार्यक्रमहरु गर्ने प्रिसिन्पल प्रकाश रेग्मीले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।