एमालेले डाक्यो शुक्रबार सचिवालय बैठक


     एभरेस्ट आवाज    
     मंसिर २२ गते २०७९ मा प्रकाशित





नेकपा (एमाले) ले शुक्रबार सचिवालय बैठक डाकेको छ । एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिने छ । निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ । एमालेले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ४४ सिट र समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।