एन प्याब्सन खेलकुद महोत्सव : बास्केटबलको उपाधि कास्की मोडर्नाइजलाई


     एभरेस्ट आवाज    
     मंसिर २२ गते २०७९ मा प्रकाशित




पोखरा । कास्की मोडर्नाइज्ड एकेडेमीले १३ औं नेशनल प्याब्सन कास्की खेलकुद महोत्सव २०७९ अन्तर्गत बास्केटबलको उपाधि जितेको छ।

खेलकुद महोत्सव अन्तर्गत आज (विहीबार) भएको फाइनल खेलमा न्यू ग्यालेक्सी बोर्डिङ स्कूललाई हराउँदै कास्की मोडर्नाइज्डले बास्केटबलको उपाधि जितेको हो।

न्यूग्यालेक्सी उपविजेता बनेको छ। त्यस्तै, सेमिफाइनलिस्ट त्रिवेणी बोर्डिङ स्कूल र लिटिल फ्लावर बोर्डिङ स्कूल तेस्रो बनेका छन्।

सेमीफाइनलमा कास्की मोडर्नाइज्डले त्रिवेणी बोर्डिङ र न्यूग्यालेक्सीले लिटिल फ्लावरलाई हराउँदै फाइनल खेलेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।