छात्रा भलिबलको सेमिफाइनल तथा फाइनल खेल शुक्रबार हुने


     एभरेस्ट आवाज    
     मंसिर २२ गते २०७९ मा प्रकाशित




पोखरा । निजि विद्यालयहरुको छाता संस्था एन प्याव्सन कास्की द्वारा आयोजित खेल महोत्सव अन्तर्गत छात्रा भलिबल तर्फ सेमीफाइनल र फाइनल खेल शुक्रबार हुने भएको छ ।

तिन दिन देखि पोखरा रंगशालामा जारी प्रतियोगितामा अन्तिम चार टिमको टुङ्गो लागे संगै सेमीफाइनल र फाइनल खेल शुक्रबार आयोजना गरी एन प्याब्सन कास्कीले जनाएको हो । १३ औ एन प्याब्सन स्पोर्टस मिट अन्तर्गत जारी खेल महोत्सवमा भएको छात्रा भलिबलतर्फ ज्ञान ज्योती, वड्स एकेडेमी, नेश्नल क्रियशन र कास्की मोर्डनाइज्ड एकेडेमी अन्तिम चारमा पुगेका छन् ।

शुक्रबार हुने सेमीफाइनलमा पहिलो खेलमा ज्ञान ज्योतीले वड्स एकेडेमीको सामना गर्नेछ भने दोश्रो खेलमा नेशनल क्रियशन र कास्की मोडनाइड भिड्ने भलिबल प्रतियोगिताका संयोजक प्रकाश राज वाग्लेले जनाएका छन् ।

प्रतियोगिता अन्तर्गत ज्ञान ज्योतीले सिद्धार्थ लभडेललाई २–० को सोझो सेटमा र वड्स एकेडेमीले डायमण्डलाई २–० ले, नेशनल क्रियशनले अक्सफोर्डलाई २–० र कास्की मोर्डनाइजले त्रिवेणी पव्लिकलाई २–० को सोझो सेटमा पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेका हुन् । बिहिबार भलिबलतर्फ १० खेल सम्पन्न भएका छन् । शुक्रबार फाइनल खेल संगै तेश्रो स्थानका लागि खेल हुनेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।