आज अंग्रेजी डिसेम्बर महिनाको ९ तारिक अर्थात भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवस।
आजका दिन विभिन्न कार्यक्रम गरी नेपाललगायत विश्वभर भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस पनि मनाइँदैछ।
सन् २००३ डिसेम्बर ९ तारिखमा संयुक्त राष्ट्रसंघले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको सम्झनामा हरेक वर्ष यस दिन यो दिवस मनाइन्छ। नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको थियो।
राष्ट्रसंघले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर ९ मा भ्रष्टाचार विरुद्धको दिवस मनाउने गर्दछ। भ्रष्टाचारविरुद्ध आवाज बुलन्द पार्ने उद्देश्यले हरेक वर्ष यो दिवस मनाइए पनि यहाँ भ्रष्टाचार रोकिएको छैन।
नेपालमा भ्रष्टाचारका नयाँनयाँ रुपहरु देखिँदै आएका छन्। सरकारी कार्यालय र सुरक्षा निकायमा बढी भ्रष्टाचार हुने गरेको बिभिन्न अध्ययनहरुले देखाएका छन्।
नेपालको संवैधानिक व्यवस्थाअनुसार कुनै सार्वजनिक पदधारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दूरुपयोग गरेको उजुरी आएमा वा अनुसन्धानको क्रममा भेटिएमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले कानून बमोजिम अनुसन्धान गर्न वा गराउन सक्छ। नेपालमा भ्रष्टाचारविरुद्ध कामकारवाही गर्ने सरकारी निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







