फिफा विश्वकप: आजबाट क्वाटरफाइनलका खेलहरु सुरु


     एभरेस्ट आवाज    
     मंसिर २३ गते २०७९ मा प्रकाशित




कतारमा जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलका खेलहरु आज (शुक्रबार) बाट सुरु हुँदैछन्।

३२ राष्ट्र सहभागी फिफा विश्वकपमा समूह चरण र नकआउट चरण पार गर्दै ५६ खेल समाप्त हुँदा अब बाँकी अन्तिम ८ खेलमा प्रतिस्पर्धा हुँदैछ।

उपाधी दावेदारको रुपमा आफूलाई प्रस्तुत गर्ने ८ राष्ट्रहरुमा ब्राजिल ५ पटकको विश्व विजेता हो भने अर्जेन्टिना २ पटकको विजेता हो।

त्यसैगरी, साविक विजेता फ्रान्स पनि २ पटकको विश्व च्याम्पियन बनिसकेको छ भने इंग्ल्याण्ड १ पटकको विश्व च्याम्पियन हो। बाँकी ४ राष्ट्र भने नयाँ इतिहास रच्ने दाउका साथ मैदानमा उत्रदैछन्।

फुटबलको महानायकको रुपमा चिरपरिचित क्रिष्टियानो रोनाल्डो आफ्नो कप्तानीमा पहिलोपटक पोर्चुगललाई उपाधी दिलाउन चाहन्छन्। त्यसैगरी, अफ्रिकाबाट चौथो राष्ट्रको रुपमा विश्वकपमा सहभागि जनाएको मोरक्कोको यो छैटौं क्वाटरफाइनल यात्रा हो।

फिफा विश्वकप २०२२ को पहिलो क्वाटरफाइनलको खेलमा आज (शुक्रबार) ५ पटकको विश्वविजेता ब्राजिलले साविक उपविजेता क्रोएसियासँग प्रतिस्पर्धा गर्दैछ। यो खेल बेलुकी ८.४५ बजे अल रायन रंगशालामा खेलिंदैछ।

त्यसैगरी, दोस्रो क्वाटरफाइनल खेल २ पटकको विश्वविजेता अर्जेन्टिना र विश्वकप उपाधीको खोजीमा रहेको नेदरल्याण्ड्सबीच हुँदैछ। यो खेल कतारको लुसाइल आइकोनिक रंगशालामा मध्यराती १२.४५ बजेबाट सुरु हुँदैछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।