पोखरा । कास्कीको पोखरा महानगरपालिका वडा नं २५ हेमजा मुल थलो भएका आत्रेय गोत्रिय पौडेलहरूको कूलपूजा धान्य पूर्णिमाको दिन भव्य रुपमा सम्पन्न भएको छ ।
प्रत्येक तिन वर्षको अन्तरालमा हुने कुलपूजामा हेमजा मूल थलो भई बिभिन्न स्थानमा गई बसेका तथा बिभिन्न सेवा, पेशा र व्यवसाय लगायतका कारणबाट हाल स्वदेश तथा विदेशका विभिन्न भागमा बस्दै आएका १९० घरकुरिया यसपटकको कुलपूजामा सहभागी बनेको पौडेल कुल संरक्षण समितिका अध्यक्ष अध्यक्ष देवकृष्ण पौडेलले जानकारी दिनुभयो ।
नेपालको सुदुर पश्चिम को कैलाली देखी बांके बर्दिया सुर्खेत नवलपरासी ,नवलपुर, चितवन,कास्की स्याङ्गजा,तनहुं देखीका आत्रेय गोत्रीय पौडेलहरुको सहभागितारहेको र कूलपूजालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमिति गठन गरिएकोमा उप समितिहरूले आ आफ्नो जिम्मेवारी अनुसार कार्यसम्पादन गरेको समितिका सचिव बिश्जराज पौडेलले जानकारी दिनुभयो ।
कुल पुजाको अवसरपारेर समितिले पौडेलहरूमा ८० वर्ष पूरा गर्नुभएका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ यस वर्ष सात जना सम्मानित बन्नुभएको छ ।सम्मानित हुनुहुनेमा उपस्थित मध्येबाट बुद्धिप्रसाद पौडेल हिमलाल ईवराज पौडेल, मुक्तिनाथ पौडेल, पूर्णकला पौडेल, टुकुमाया पौडेल, रहनुभएको समितिले जनाएको छ ।
पौडेल बन्धुहरुको जुम्लाको सिंजाको पौडी उद्गम स्थल भएको र बसाई सराई गर्दै हेमजाको तिब्रेकोटमा दत्तात्रय ऋषिको मन्दिर स्थापना गरी हेमजामा बसोबास गरेको पाइन्छ हेमजा लाई नेपालभरीकै पौडेलहरुको दोस्रो बसाई स्थान को रुपमा लिने गरिन्छ । यहाँ पौडेलहरुको कुल मन्दिरमा प्राकृतिक गुफा रहेको छ ।
यस गुफाको धार्मिक तथा ऐतिहासिक महत्व रहेको कुरा प्राध्यापक कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।
कुल संरक्षणसमितिका अध्यक्ष देवकृष्ण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गत बर्षको प्रगती बिवरण साथै आय ब्यय प्रस्तुत गर्र्दै हाल सम्म ८ लाख ८७ हजार रुपैया बचत भएको कोषाध्यक्ष सिता पौडेलले बताउनु भयो। कार्यक्रम संचालन समितिका सचिव बिश्वराज पौडेलले गर्नुभएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







