पोखरा, मंसिर २३
पोखराको मनिपाल अस्पतालको तेश्रो तलाबाट खसेर एक महिलाको मृत्यू भएको छ । पोखरा–१८ सराङ्कोट घर भएकी ६५ वर्षिया धनसरी घर्ती मगरको अस्पतालको तेश्रो तलाबाट खसेर आज पूर्वाह्न ११ः५० बजे मृत्यू भएको कास्की प्रहरीले जनाएको छ ।
घर्ती मुटुको समस्या भएर उपचाररत छोरी पूर्णकुमारी घर्तीको हेरचाहका लागि अस्पताल पुगेकी थिईन् । अस्पतालको तेश्रो तलामा उपचाररत छोरीको हेरचाहमा खटिएकी घर्ती अस्पतालको पछाडि पट्टीको ढोका खोलेर हेर्न खोज्दा खसेको कास्कीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले जानकारी दिए ।
उनका अनुसार ढोका खोल्ने वित्तिकै महिला एक्कासी खसेर तल्लो तलामा बजारिएकी थिईन् । टाउकोलगायत शरिरका विभिन्न भागमा चोट लागेर गम्भीर घाईते भएकी उनको उद्धार गरिएको थियो । तर उपचारका क्रममा उनको मृत्यू भएको प्रहरीको भनाई छ ।
श्रोतका अनुसार अस्पतालले रेलिङ लगाएको छैन । जसका कारण ढोका खोल्ने वित्तिकै महिला खसेको हुनसक्ने डिएसपी तिवारीले बताए । अस्पताल प्रशासनले भने अस्पताल पुर्ननिर्माणको काम भईरहेका बेला महिला किन पछाडिको ढोका खोल्न पुगिन् भन्ने बुझ्न नसकेको बताएको छ ।
घटनाको अनुसन्धान शुरु गरिएको कास्की प्रहरीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







