एमाले कास्कीले धन्यवाद एवं बधाई सभा गर्ने, महासचिव पोखरेल आउने


     एभरेस्ट आवाज    
     मंसिर २४ गते २०७९ मा प्रकाशित




पोखरा। नेकपा (एमाले), कास्कीले यही मंसिर २७ गते बृहत् कार्यकर्ता भेलासहित बधाई एवं धन्यवाद ज्ञापन सभा आयोजना गर्ने भएको छ ।

पोखरा सभागृहमा बिहान ११ बजे हुने भेलालाई एमाले महासचिव शंकर पोखरेल लगायतका केन्द्रिय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले कास्कीका कार्यवाहक अध्यक्ष तेजनारायण अधिकारीले जानकारी दिए।

सो सभामा पार्टीको तर्फबाट मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा विजयी उम्मेदवार र प्रतिस्पर्धी उम्मेदवारसहित कास्कीका अगुवा नेता, कार्यकर्तासहित आम जनसमुदायलाई सहभागी हुन कार्यवाहक अध्यक्ष अधिकारीले अपिल समेत गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।