राष्ट्रिय स्वतन्त्र पार्टीले बुझायो समानुपातिक सांसदको नामावली


     एभरेस्ट आवाज    
     मंसिर २४ गते २०७९ मा प्रकाशित




काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा सदस्यको नामावली निर्वाचन आयोगलाई बुझाएको छ ।

पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले समानुपातिकतर्फको बन्द सूचीमा रहेकाबाट अन्तिम नामावली आयोगमा बुझाएको हो । पार्टी प्रवक्ता डा मुकुल ढकालका अनुसार पार्टीका तर्फबाट १३ जनाको नाम आयोगमा बुझाइएको हो ।

पार्टीले सन्तोष परियार, शिव नेपाली, डा ढाकाकुमार श्रेष्ठ, इन्दिरा रानामगर, सुमना श्रेष्ठ, डा चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी, विनिता कठायत, लक्ष्मी तिवारी, मनिष झा, अशोककुमार चौधरी, असिम साहको नाम आयोगमा बुझाएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।