माओवादी केन्द्रले छान्यो १४ समानुपातिक सांसद


     एभरेस्ट आवाज    
     मंसिर २४ गते २०७९ मा प्रकाशित




काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फको १४ जनाको अन्तिम नामावली छनोट गरेको छ ।

माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाएको अन्तिम सूचीअनुसार दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल, छिरिङल्यामु लामा तामाङ, हितराज पाण्डे, ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी, नारायणी शर्मा, रुपा सोसीचौधरी, रणेन्द्र बराइली, सुशीला श्रीपाली ठकुरी, मीना यादव, उमरावतीदेवी यादव र कल्पना मियाँ रहेका छन् ।

माओवादी केन्द्रको आज बसेको केन्द्रीय पदाधिकारीको बैठकले ती नामावलीलाई अन्तिम रुप दिएको हो । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादी प्रत्यक्षतर्फ १८ स्थानमा विजयी भएको थियो ।

यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ १४ सिट प्राप्त गरेको थियो । पदाधिकारीको बैठकले टुङ्गो लगाएका नाम निर्वाचन आयोगमा बुझाइसकेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।