साबिक विजेता फ्रान्स र मोरक्को कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ।
अब, फ्रान्सले मोरक्को र क्रोएसियाले अर्जेन्टिनासँग सेमिफाइनल भिड्नेछन्।
आइतबार बिहान सकिएको क्वार्टरफाइनलको अन्तिम खेलमा इंग्ल्याण्डलाई २–१ गोल अन्तरले पराजित गर्दै साविक विजेता फ्रान्सले अन्तिम ४ मा स्थान बनाएको हो।
पहिलो हाफमा फ्रान्सका लागि १७ औँ मिनेटमा टचमेन्डीले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए।
दोस्रो हाफको ५४ औँ मिनेटमा इंग्ल्यान्डले पेनाल्टी पायो, जसमा कप्तान ह्यारी केनले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। ७८ औँ मिनेटमा ओलिभर जिरुडको गोलबाट फ्रान्सले दोस्रो पटक अग्रता बनायो।
त्यसको केही मिनेटमै इंग्ल्यान्डले पेनाल्टी पाएपनि केन गोल गर्न असफल रहे। उनको प्रहार पोस्टभन्दा माथिबाट बाहिरियो।
अब, फाइनल प्रवेशका लागि फ्रान्सले मोरक्को र क्रोएसियाले अर्जेन्टिनाको सामना गर्नेछन्। मोरक्को पोर्चुगललाई पराजित गर्दै पहिलोपटक सेमिफाइनलमा पुगेको हो।
मोरोक्कोले क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगललाई १–० गोल अन्तरले हराउँदै पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको छ।
तेस्रो क्वार्टरफाइनलमा पोर्चुगलविरुद्ध १–० जित निकालेसँगै मोरोक्को अफ्रिका महादेशबाट विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बनेको छ।
कतारको अल थुमामा रंगशालामा सम्पन्न खेलको अन्तिम मिनेटमा १० खेलाडीमा समेटिएको मोरोक्कोलाई ऐतिहासिक जित दिलाउन युसेफ एन नेस्रीले निर्णायक गोल गरे।
खेलको पहिलो हाफ सकिन १ मिनेट बाँकी रहँदा युसेफ एन नेस्रीले गोल गर्दै मोरोक्कोलाई अग्रता दिलाए। यही गोल निर्णायक बनेपछि मोरोक्को अफ्रिकाबाट सेमिफाइनल प्रवेश गर्ने पहिलो टिम बन्यो।
मोरक्कोले जारी विश्वकपमा बेल्जियम, स्पेन र पोर्चुगललाई पराजित गरेको थियो। यता, अर्जेन्टिनाले नेदरल्याण्ड्स, पोल्याण्ड, अष्ट्रेलियालाई पराजित गरेको छ। लियोनल मेस्सीको टोली उनको कप्तानीमा विश्वकप जित्ने लक्ष्यमा छ।
यसअघिको विश्वकपमा सेमिफाइनलमा ४ वटै युरोपियन राष्ट्र पुगेका थिए। तर, यो पटक दक्षिण अमेरिकी अर्जेन्टिना र अफ्रिकन मोरक्कोले पनि सेमिफाइनलमा स्थान बनाएका छन्।
सेमिफाइनलको पहिलो खेलमा आगामी मंगलबार राति पौने १ बजे क्रोएसिया र अर्जेन्टिना तथा बुधबार राति पौने १ बजे फ्रान्स र मोरक्को भिड्नेछन्।
तेस्रो स्थानको लागि शनिबार राति पौने ९ बजे र फाइनल खेल आइतबार राति पौन ९ बजे हुनेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







