सुपादेउराली दर्शन गरेर फर्कदै गरेको कार दुर्घटना हुँदा एकै परिवारका ५ जना घाइते


     एभरेस्ट आवाज    
     मंसिर २५ गते २०७९ मा प्रकाशित




तस्बीरः मुक्तिनाथ भूषाल

गोरूसिङ्गे–सन्धिखर्क सडक खण्डको शितगंगा–२ सितापुर राजुबास झोलङगेपुल नजिकै कार दुर्घटना हुँदा एकै घर परिवारका ५ जना घाइते भएका छन्।

तनहुँ जिल्लाबाट सुपादेउराली दर्शन गरेर फर्कने क्रममा ग ३ ज १५७९ नम्बरको जिप सडकबाट झन्डै ८० मिटर तल सितखोलामा खसेर दुर्घटना भएको हो।

दुर्घटनामा परि घाईते हुनेमा तनहुँ जिल्ला आँबुखैरेनी गाउँपालिका ३ का ५५ बर्षीय लक्ष्मी त्रिपाठी, ५२ बर्षीय अंशु त्रिपाठी, २७ बर्षीय शिशिर त्रिपाठी, २५ बर्षीय प्रकृति त्रिपाठी र कार चालक ३१ बर्षीय शिशन त्रिपाठी घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये प्रकृति त्रिपाठी र चालक शिशिर त्रिपाठी २ जनाको अवस्था गंभीर रहेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडाले जनाएको छ। एक्कासी ब्रेक फेल भई कार अनियन्त्रित हुँदा सडकबाट तल खोलामा खसेको बताइएको छ।

घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ।

(नेपाल टिभी अनलाइनमा संवाददाता मुक्तिनाथ भुषालले समाचार लेखेका छन् )


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।