आज अंग्रेजी डिसेम्बर महिनाको १२ तारिक अर्थात अन्तर्राष्ट्रिय तटस्थता दिवस।
विश्वमा पूर्ण स्वतन्त्रताको अपेक्षासहित मनाइने अन्तर्राष्ट्रिय तटस्थता दिवस प्रत्येक वर्ष डिसेम्बर १२ मा विश्वभर यो दिवस मनाउने गरिन्छ।
विश्वलाई माथि उठाउँदै तटस्थ र शान्तिपूर्ण बनाउन यो दिवसको विशेष महत्व रहने गरेको छ ।
विशेष गरेर विभिन्न तनावका कारण हरेक मुलुकहरु धु्रविकृत भएका छन्। विश्व समुदायमा शक्तिशाली राष्ट्रबीच आ–आफ्नो प्रभाव जमाउने होडबाजी छ। संसारमा सबै राष्ट्रहरूको सार्वभौमिकताको पहिचान स्वीकार गर्दै तटस्थ र शान्तिमैत्री विश्व समाजको अवधारणा यस दिवसले अघि सारेको उद्देश्यहरु हुन्।
फेब्रुअरी २ सन् २०१७ मा राष्ट्रसंघले तुर्कमिनिस्तानलाई सन् १९८५ डिसेम्बर १२ देखिको स्वतन्त्र राष्ट्रको मान्यता दिएको छ। त्यसपछि हरेक वर्ष डिसेम्बर १२ लाई तटस्थता दिवसको रूपमा मनाउन थालिएको हो।
संयुक्त राष्ट्रसंघले शान्तिका लागि तटस्थताको आवश्यकतालाई जोड दिँदै आफ्ना सदस्य राष्ट्रहरूमा यो दिवस मनाउन प्रेरित गर्दछ। विभिन्न मुलुकहरुको आन्तरिक नीतिमा तटस्थताको सिद्धान्त लागु गर्न संयुक्त राष्ट्र संघले जोड गर्दछ। राष्ट्रसंघले सधैँ तटस्थताको पैरवी गरिरहेको हुन्छ। विभिन्न मुलुकमा भइरहेको तनाव र विवाद अन्त्यका लागि आह्वान गर्दै राष्ट्रसंघले मध्यस्थता गरेर तटस्थताको पैरवी गरिरहेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ९ कास्कीको रुपा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि करीब…






