तनहुँका २१ नागरिक अझै बेखबर


     एभरेस्ट आवाज    
     मंसिर २८ गते २०७९ मा प्रकाशित




एक वर्षको अवधिमा अझै तनहुँका २१ नागरिक बेखबर छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँले हिँजो (मंगलबार) पत्रकार सम्मेलन गरी हराएका २८८ नागरिकमध्ये २६७ खोज तलासको क्रममा फेला पारेर आफन्तजनलाई बुझाइएको जनाएको छ।

बेखबर नागरिकको खोजी जारी रहेको प्रहरीले जनाएको छ। यसरी बेपत्ता हुनेमा अधिकांश महिला रहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन्।

यस वर्ष जिल्लाका ३२ स्थानमा उम्रिएका गाँजा फँडानी गरिएको छ। करिब एक सय ४० रोपनीमा उम्रिएका २६ हजार ७८५ गाँजाको बोट नष्ट गरिएको उनले बताए।

त्यसैगरी, विसं २०७८ मंसीरदेखि २०७९ कात्तिकसम्म १६७ सवारीसाधानलाई कारबाही गर्दा १८ लाख २० हजार १४८ राजस्व संकलन भएको छ।

गत वर्षको मंसीरदेखि कात्तिक मसान्तसम्म १०९ फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालत समक्ष पेश गरिएको प्रहरीले जनाएको छ। उनीहरूबाट ३७ वर्ष ४ महिना २३ दिन कैद र ३१ लाख ५८ हजार ९२५ जरिवाना असुली भएको तनहुँका प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिएका छन्।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।