पोखरा महानगरपालिका वडा नं. ३२ राजाको चौतारोमा माटो परीक्षण तथा बाली उपचार शिविर संचालन गरिएको छ।
पोखरा महानगरपालिका कृषि महाशाखाद्वारा आयोजित शिविरमा ४० जना कृषक विभिन्न बालीमा लागेका रोग किराको नमूनासहित सहभागी थिए।
सो अवसरमा कृषिविज्ञ धनबहादुर रानाले बालीमा लागेका रोग, किरा व्यवस्थापन गर्ने तरिकाका बारेमा कृषकलाई प्रशिक्षण दिएका थिए।
कृषि महाशाखाले आवश्यकताअनुसार ढुसीनाशक, किरानाशक निमजन्य विषादी तथा सुक्ष्म खाद्यतत्व नि:शुल्क रुपमा उपलब्ध गराइएको थियो।
परीक्षणका लागि माटो, मल परीक्षण प्रयोगशालाको समन्वयमा प्रयोगशालासहितको माटो परीक्षण गर्ने बसको प्रयोग भएको थियो।
कृषि सञ्जाल, वडा कार्यालय, कृषि सेवा केन्द्र शिशुले समन्वयमा माटो परीक्षण तथा बाली उपचार शिविर संचालनको कार्यक्रम भएको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







