कालिका बहुमुखी क्यापसमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न


     अस्मिता घिमिरे    
     मंसिर २९ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा १४ स्थित कालिका बहुमुखी क्यापसमा विहिवार हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । हाजिरीजवाफ प्रतियोगितामा विभिन्न संकाय गरि ११ टिमले सहभागिता जनाएका थिए ।

जस अन्र्तगत बिएड चौथो बर्षका विद्यार्थी उर्मिला थापा,सुस्मिता नेपाली ,दिपेश फगामी र सलिना गुरुङको टोली प्रथम हुन सफल भयो ।

यस्तै कक्षा १२ शिक्षा संकायका विद्यार्थी हिरा बराम,चेली गुरुङ, रिना बिक र लोक माया घर्तीको टोली द्धितिय भयो ।

यस्तै कक्षा १२ विज्ञान संकायका विद्यार्थी समियुल आचार्य ,आशिस कुँवर, प्रबिना भण्डारी र विश्वनाथ साहको टोली तृतिय भयो ।
क्यापसको ३१ औँ बार्षिकउत्सवको अवसरमा विभिन्न्न अतिरिक्त क्रियाकलापहरु सञ्चालन भैरहेका छन् । अतिरिक्त क्रियाकलापहरु अन्र्तगत नेपाली निबन्ध प्रतियोगिता र अङग्रेजी निबन्ध प्रतियोगिता सम्पन्न भै सकेको अतिरिक्त क्रियाकलाप प्रमुख शिशिर ज्ञवाली बताए ।

क्यापसको ३१ औँ बार्षिकउत्सवको अवसरमै पौषको १ गते नव आगन्तुक विद्यार्थीको स्वागत कार्यक्रम विद्यार्थी कल्याणकारी समितिले गदैँ छ । यसैबिचमा सामुहिक नृत्य प्रतियोगिता तथा नेपाली कविता वाचन प्रतियोगिता रहेको संयोजक शंकर ज्ञवालीले बताए । पौषको ८ गते रक्तदान कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता रहेको छ । यसैगरी पौषको ११ गते बहृत सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । सरसफाई कार्यक्रम पोखरा १४ स्थित काजिपोखरीका विभिन्न आमा समुहसँग सहकार्य गरेर क्याम्पस प्राङगण देखि विरेन्द्र चोक सम्म पुग्ने क्याम्पसले जनाएको छ ।

यस्तै खेलकुद सम्बन्धि कार्यक्रम पौष ५ गते देखि ९ गते सम्म हुदैँ छन् । जस अन्र्तगत ब्याडमिन्टन ,टेबलटेनिस ,भलिबल , हाइ जम्प , लम्म जम्प , बास्केट बल रहेका छन् ।

क्याम्पसको ३१ औँ बार्षिकउत्सवमा त्रिभुवन विश्वविद्याल ब्यबस्थापन संकायका डिन प्रा.डा.डिल्लीराज शर्माको प्रमुख आतिथ्यतामा हुने क्याम्पसले जनाएको छ ।

कालिका बहुमुखी क्याम्पसले अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउन र गुणस्तरीय शिक्षा प्रदान गर्न विश्वविद्यालय अनुदान आयोग द्धारा निर्धारण गरेका आधारहरु पुरा गरि Quality Assurance Accreditation (QAA) को प्रक्रिया अगाडि बढाएको छ । हालै SSR Report स्वीकतृ भई PRT गठन भैसेकेको क्याम्पस प्रमुख विरन्जी गौतमले बताए ।

कालिका बहुमुखी क्याम्पसमा हाल १६५० विद्यार्थी अध्यनरत रहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।