पोखरा । पोखरा १४ काजिपोखरी स्थित कालिका बहुमुखी क्याम्पसले शुक्रवार नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ ।
क्याम्पसको ३१ औँ बार्षिउत्सवको अवसरमा क्याम्पसको समन्वयमा विद्यार्थी कल्याणकारी समितिले नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको हो । क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष किरण केसीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा अतिथिको रुपमा क्याम्पस प्रमुख विरन्जी गौतम, पुर्व क्याम्पस प्रमुख रबिन्द्रनाथ बास्तोला, सहायक क्याम्पस प्रमुख शालिगा्रम तिमिल्सिना ,युवराज गुरुङ लगाएत विभिन्न संकायका प्रध्यापकहरुको उपस्थिती रहेको थियो । क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष केसीले कार्यक्रममा बोल्दै २०४८ सालमा स्थापना भएको क्याम्पसले विभिन्न आरोह अवरोह पार गदै आएको बताए । उनले नवआगन्तुक विद्यार्थीलाई स्वागत गदै अध्यनको लागि कालिका बहुमुखी क्याम्पसलाई रोजेकोमा आभार प्रकट गरे । उनले क्याम्पसलाई अगाडी बढाउन विद्यार्थीको महत्वपुर्ण भुमिका हुने भन्दै नवआगन्तुक विद्यार्थीलाई हातेमालो गदै अघि बढ्न आह्न गरे ।
यस्तै कार्यक्रमा बोल्दै क्याम्पस प्रमुख विरन्जी गौतमले कालिका बहुमुखी क्याम्पसले अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउन र गुणस्तरीय शिक्षा प्रदान गर्न विश्वविद्यालय अनुदान आयोग द्धारा निर्धारण गरेका आधारहरु पुरा गरि Quality Assurance Accreditation (QAA) को प्रक्रिया अगाडि बढाएको र हालै SSR Report स्वीकतृ भई PRT गठन भैसेकेको बताए ।
कालिका बहुमुखी क्याम्पसको ३१ औँ बार्षिकउत्सव पौषको १२ गते हुदैँ छ । क्याम्पसको ३१ औँ बार्षिकउत्सवमा त्रिभुवन विश्वविद्याल ब्यबस्थापन संकायका डिन प्रा.डा.डिल्लीराज शर्माको प्रमुख आतिथ्यतामा हुने क्याम्पसले जनाएको छ ।
क्यापसको ३१ औँ बार्षिकउत्सवको अवसरमा विभिन्न्न अतिरिक्त क्रियाकलापहरु सञ्चालन भैरहेका छन् । अतिरिक्त क्रियाकलापहरु अन्र्तगत नेपाली निबन्ध प्रतियोगिता,अङग्रेजी निबन्ध प्रतियोगिता र हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भैसकेको अतिरिक्त क्रियाकलाप प्रमुख शिशिर ज्ञवाली बताए ।
यसै गरि आज (शुक्रवार) नृत्य प्रतियोगिता र नेपाली कविता प्रतियोगिता सम्पन्न भएका छन् । नृत्य प्रतियोगिताको निर्णयक भुमिकामा हिमाली साँस्कृतिक परिवारका नृत्य संयोजक तथा सोसिएल पब्लिक स्कुल र कुमुनिधि होम्सका प्रशिक्षक सन बहादुर गुरुङ र हिमाली साँस्कृतिक परिवारका वरिष्ठ नृत्य प्रशिक्षक तथा हिमाञ्चल बोडिङ स्कुलका प्रशिक्षक संगिता आले रहेका थिए ।
नृत्य प्रतियोगितामा क्याम्पसका विभिन्न्न संकाय गरि १५ टिमको सहभागिता रहेको थियो । जसमा बिएड चौथो बर्षका विद्यार्धी छात्रा सलिना गुरुङ,उर्मिला थापा, बबिता तुलाचन ,अमृता थापा मगर र पुजा रानाभाटको टोली प्रथम हुन सफल भयो । यस्तै बिबिएस प्रथम बर्ष र तेस्रो बर्षका छात्रा संजिता गुरुङ, रेशम गुरुङ ,रोहित गुरुङ, साइमन गुरुङ सजना पुरी र मनिक गुरुङको टोली द्धितिय भए । यस्तै बिए प्रथम बर्ष का छात्रा एलिसा गरुङ,आशा परियार, सर्मिला परियार, मनदिरा सुनार र रुपा राना मगरको टोली तृतीय हुन सफल भयो । यस्तै कक्षा १२ का ब्यबस्थापन संकाय सेक्सन ए का छात्रा अनजिता र आयुशाको टोली सानत्वना भयो ।
यसैगरी नेपाली कविता प्रतियोगितामा क्याम्पसका शिक्षिका भावना तिवारी र माया देवि कुँवर थिए । ४ जनाको सहभागिता रहेको कार्यक्रममा बिएड तेस्रो बर्षकी छात्रा प्रतिक्षा रानाभाट प्रथम, कक्षा १२ की छात्रा लोकमाया घती दोस्रो, बिबिएस पहिलो बर्षका छात्रा रमा रानाभाट तेस्रो र मानविकि संकाय कक्षा ११ की छात्रा सुस्मिता चन्द सानत्वना भइन् ।
अतिरिक्त क्रियाकलाप प्रमुख शिशिर ज्ञवालीको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष मुस्कान थापाले स्वागत मन्तव्य राखेकी थिइन भने सञ्चालन विद्यार्थी कल्याणकारी समितिका उपसचिव रोशन रानाभाट र सचिव अस्मिता घिमिरेले गरेका थिए ।
यस्तै खेलकुद सम्बन्धि कार्यक्रम पौष ५ गते देखि ९ गते सम्म हुदैँ छन् । जस अन्र्तगत ब्याडमिन्टन ,टेबलटेनिस ,भलिबल , हाइ जम्प , लम्म जम्प , बास्केट बल रहेका छन् ।
पौषको ८ गते रक्तदान कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता रहेको छ । यसैगरी पौषको ११ गते बहृत सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । सरसफाई कार्यक्रम पोखरा १४ स्थित काजिपोखरीका विभिन्न आमा समुहसँग सहकार्य गरेर क्याम्पस प्राङगण देखि विरेन्द्र चोक सम्म पुग्ने क्याम्पसले जनाएको छ ।
कालिका बहुमुखी क्याम्पसमा हाल १६५० विद्यार्थी अध्यनरत रहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







