पोखरा । पोखरा कास्कीबाट जापानमा बसोबास गर्ने कस्केलीहरुको संस्था कास्की पोखरा समाज जापानको आईतबार सम्पन्न ५ औ अधिवेशनले सन्देश अधिकारीलाई अध्यक्षमा चयन गरेको छ ।
टोकियोमा सम्पन्न अधिवेशनले आगामि कार्यकालका लागि वरिष्ट उपाध्यक्षमा अन्जु भन्डारीलाई सर्व सम्मत कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षहरुमा सुरेश लामिछाने,कमल वास्तोला ,विशु भण्डारी, राजू पौड़ेल, दिपक सुनार, मनोज तिवारी, भूपेन्द्र पराजुली, महासचिब सरोज कार्की सचिवमा जिवन पोखरेल कोषाध्यक्ष तोयानाथ ढकाल, सह-कोषाध्यक्ष सुर्य कडेल, सदस्यमा प्रेम दाहाल, विण्णु बस्नेत, तारा नाथ बराल, कुलप्रसाद बस्तोला, कुमार सापक़ोटा, विजय गुरुङ, रमेश दाहाल,प्रभात सुवेदी र प्रदिप सापकोटा चयन भएका छन ।
२५ सदस्यीय कार्यसमिति रहने भएता पनि अधिवेशनको हलबाट २३ जना चयन भएकोछ भने बाँकी २ जना पछि मनोनयन गर्ने तय भएको छ ।
बिकास पौडेलको संयोजकत्वमा रहेको चार सदस्यि निर्वाचन समितिले निर्वाचित समितिको घोषण सहित सपथ गराएका थिए । समितिमा शिव प्रसाद पौडेल, बिकास श्रेष्ठ एवं मोहन पौडेल रहेका थिए ।
कास्की पोखरा समाज जापानको उदधाटन सत्रमा जापानमा क्रियासिल संघ सस्थाहरुको अध्यक्ष एवं प्रतिनिधी सहित कास्कीबाट जापानमा गई स्थापित ब्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो ।
कास्की पोखरा समाजका अध्यक्ष विश्व सुवेदीको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा पोखरा महानगरपालिका मेयर धनराज आचार्यले अनलाईनबाट सम्बोधन गर्दै पोखरामा बिकासकालागि प्रयत्नशिल रहेको बताउदै सहकार्यकालागि अपिल गरेका थिए । कार्यक्रममा जुमबाटै सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ कास्कीका निबर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठले बिदेशमा आर्जन गरेका ज्ञान सिप र पुंजी पोखराको समृद्दिमा लगानी गप्न सुझाब दिएका थिए । कार्यक्रमको संचालन महासचिव विशु भन्डारीले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको…







