पोखरा । रेडियो नेपाल कर्मचारी संघ प्रदेश प्रशारण केन्द्र पोखराको ११ औं अधिवेशनले हर्क आलेमगरको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
शुक्रबार सम्पन्न केन्द्रको अधिवेशनले आलेमगरको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरेको हो । केन्द्रको उपाध्यक्षमा शिला गुरुङ, सचिवमा गोविन्द पाठक, कोषाध्यक्षमा तुलसी पौडेल निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा मेदन बहादुर बस्नेत, खड्गबहादुर गुरुङ, इन्द्रबहादुर गुरुङ निर्वाचित भएको नवनिर्वाचित सचिव गोविन्द पाठकले जानकारी दिए । यस्तै केन्द्रिय पार्षदहरुमा अग्रिम श्रेष्ठ, प्रमिला सुवेदी, निशान अर्याल र टीकाराम भन्तनालाई चयन गरेको छ ।
यसअघि कार्यक्रमको रेडियो नेपाल कर्मचारी संघका केन्द्रिय अध्यक्ष चेतनारायण पौडेले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष पौडेलले रेडियो नेपाल मुलुककै जेठो प्रसारण संस्था भएको हुँदा रेडियोले आफ्ना प्रशारण सामाग्रि सत्य, तथ्य र आाधारिक हुनुपर्नेमा जोड दिए । उनले सोही हिसावले श्रोताको मन जित्नेगरि कार्यक्रमहरु तयार गर्न कर्मचारीहरुलाई आग्रह गरे ।

कार्यक्रममा रेडियो नेपाल कर्मचारी संघका केन्द्रिय उप–महासचिव शंकर भण्डारी, रेडियो नेपाल कर्मचारी यूनियन पोखराका अध्यक्ष शान्ति गुरुङ, रेडियो नेपाल राष्ट्रिय कर्मचारी संगठन पोखराका अध्यक्ष हिमलाल त्रिपाठी, रेडियो नेपाल प्रदेश प्रशारण कार्यालय प्रमुख सुरेन्द्रप्रसाद यादव लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष इन्दिरा गुरुङको अध्यक्षता सम्पन्न अधिवेशनको सञ्चालन सचिव टीकराम भन्तनाले गरेका थिए ।
सोही अवसरमा संस्थाद्वारा निर्मित मोटरसाइकल पार्किङ स्थलको कार्यक्रमका प्रमुख अतिथि रेडियो नेपाल कर्मचारी संघका केन्द्रिय अध्यक्ष चेतनारायण पौडेलले रिवन काटेर उद्घाटन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको…







