नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त राज्य अमेरिकाले बधाई तथा शुभकामना व्यक्त गरेको छ । यहाँस्थित अमेरिकी राजदूत डिन आर थम्सनले प्रधानमन्त्री दाहाललाई बधाई दिएका हुन्।
राजदूतले सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन्, “नेपाल र अमेरिकाबीचको ७५ वर्ष लामो साझेदारी अझ सुदृढ गर्न र लोकतन्त्र, मानवअधिकार तथा आर्थिक वृद्धिका लागि मिलेर काम गर्न अमेरिका आतुर छ ।” रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ४३…





