कास्की सरुवा भएर आउन लागेका डीएसपी केसीलाई निलम्बन गर्न सिफारिस


     एभरेस्ट आवाज    
     पौष १२ गते २०७९ मा प्रकाशित




पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भई आउने तरखरमा रहेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ।

प्रहरी प्रधान कार्यालय नक्सालले केसीलाई निलम्बन गर्न भन्दै गृह मन्त्रालयमा सिफारिस गरेको हो । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक ९डीआइजी० टेकप्रसाद राईले केसीलाई निलम्बन गर्ने प्रक्रिया अगाडि बढेको बताए ।

सुन व्यापारीहरूसँग रकम असुली गरेको विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले केसीलाई आइतबार साँझ निवासबाट पक्राउ गरेको थियो।

उनको घरबाट ३५ तोला सुन, १८ लाख रुपैयाँको चेक बरामद भएको थियो। केसी जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता सुन्दर तिवारीको सत्तामा कास्की आउन लागेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।