कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा पाण्डे


     एभरेस्ट आवाज    
     पौष १३ गते २०७९ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसको संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी भएका छन् ।

संसदीय दलको नेताका लागि आज भएको निर्वाचनमा पाण्डेले पाण्डेले १८ मत पाउँदा अर्यालले ८ मत ल्याएका छन्, १ मत बदर भएको छ । पाण्डे कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधर हुन् भने अर्याल शेखर कोइराला पक्षका हुन् ।

दलको नेतामा ४ जना आकांक्षी रहे पनि गोरखा २(२) बाट निर्वाचित केन्द्रीय सदस्य पाण्डे र स्याङ्जा २(१)बाट निर्वाचित अर्यालले मनोनयन दर्ता गरेका थिए ।

पाण्डेको प्रस्तावक विन्दुकुमार थापा र समर्थक डा. टकराज गुरुङ, अर्यालको प्रस्तावक महेन्द्रध्वज जिसी र समर्थक पार्वती तामाङ थिए ।

साठी सदस्यीय गण्डकी प्रदेशसभामा कांग्रेसमा २७ सांसदसहित सबैभन्दा ठूलो दल हो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।