पोखरा । हिमालय क्लव पोखरा १६ को आयोजनामा यहि पौष २३ गते पोखरा १६ वाटुलेचौरको मैदानमा आयोजना हुन गईरहेको ऐतिहाँसीक भैरव नाचको तयारी अन्तिम चरणमा पुगेको छ । नृत्यलाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि क्लवका अध्यक्ष सुशील बस्नेतको अध्यक्षतामा ९ सदस्यीय सचिवालय समिति समेत गठन भएको छ ।गठित समितिको उपसंयोजकमा नेवाः खल वाटुलेचौरका अध्यक्ष नन्दलाल श्रेष्ठ र क्लवका सल्लाहकार कुमार श्रेष्ठ रहेका छन् । त्यस्तैगरी सदस्यहरुमा क्लवका निवर्तमान अध्यक्ष मोहनबहादुर थापा, कोषाध्यक्ष पुष्पराज अधिकारी, मैदान आमा समूहका अध्यक्ष मनु बस्नेत, क्लवका मानार्थ सदस्य वेनीबहादुर बस्नेत, क्षत्री समाज नेपाल पोखरा १६ प्रारम्भीक समितिका अध्यक्ष सन्दीप थापा, र कालीका मन्दिर कोत मामलियत व्यवस्थापन समितिका अध्यक्ष दुर्गा के सी थापा रहेका छन् ।यस्तै खाजा, खाना, प्रशाद एवं स्वागत व्यवस्थापन नेवास्खल वाटुलेचौरले गर्ने भएको छ भने नृत्य प्रदर्शन स्थल सरसफाई एवं व्यवस्थापनका लागि क्षत्री समाज नेपाल प्रारम्भीक समिति पोखरा १६ ले गर्ने भएको छ । माला व्यवस्थापनमा मैदान आमा समूह र स्वास्थ्य व्यवस्थापनमा दुर्गा के सी थापा, प्रचार प्रसार संयोजक हिमालय क्लवका सचिव शिवराज देवकोटा र अर्थ व्यवस्थापनमा हिमालय क्लवका कोषाध्यक्ष पुष्पराज अधिकारी सहित हिमालय क्लव रहेको छ ।नृत्य सञ्चालन र व्यवस्थापनमा आर्थीक धनरासी आवस्यक पर्ने भएकोले यसका लागि प्रारम्भीक चरणमानै सहयोग संकलन कार्यलाई तिव्रता दिनुपर्ने भएकाले सहयोगदाताहरुसंग आर्थीक सहयोगका लागी भैरव नृत्य संञ्चालन तथा व्यवस्थापन सचिवालयले अनुरोध गरेको छ । हाल सम्म स्व। कौशल्यादेवि शंस्कृति संरक्षण अक्षयकोषबाट पन्ध्रहजार, वेनिबहादुर बस्नेतबाट पाँचहजार, गौरव बस्नेतबाट पाँचहजार, नारायण प्रशाद देवकोटाबाट एक हजार पाँचसय र पुष्पराज अधिकारीबाट दुइहजार प्रदान भएको क्लवले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


हेमजामा शैक्षिक चेतनाको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने शिक्षासेवी लक्ष्मीशरण उपाध्यायलाई…






