आहा ! रारा पोखरा गोल्डकप ‘गेस एण्ड विन’ विजेता गुरुङ पुरस्कृत


     एभरेस्ट आवाज    
     पौष १५ गते २०७९ मा प्रकाशित




पोखरा । एभरेस्ट एफ.एम. ९३ मेगाहर्जले सञ्चालन गरेको आहा रारा गोल्डकप ‘गेस एण्ड विन’का बिहीबारका बिजेता पोखरा–१३, उद्गमटोलका हर्कबहादुर गुरुङलाई पुरस्कृत गरिएको छ ।

सहारा क्लव पोखराले सञ्चालन गरेको २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा आयोजक साहारा क्लव पोखरा र धरान फुटबल क्लवविचको खेल कस्ले जित्ला ? भनि सोधिएको प्रश्नको अनुमानित सहि उत्तर दिनेहरुमध्यबाट गरिएको गोला प्रथामा विजेता घोषित भएका गुरुङलाई शुक्रबार एन्फाका केन्द्रिय वरिष्ठ उपाध्यक्ष बीरबहादुर खड्काले पुरस्कृत गरका हुन् ।

रेडियोद्वारा सञ्चालित आहा रारा गोल्डकप विशेष कार्यक्रममार्फत विजेता घोषित भएका गुरुङलाई पोखरा रंगशालामा सेभेन बी फोन जोन बुद्धविशाल बजारको तर्फबाट एक थान मोवाइल सेट र हिमश्री फुड्स प्रा.लि.को उत्कृष्ट उत्पादन रारा चाउचाउ एक कार्टुन प्रदान गरिएको रेडियोका मार्केटिङ निर्देशक भोला कुमार श्रेष्ठले जानकारी दिए ।

यसैविच शुक्रबार सोधिएको प्रश्नको अनुमानित उत्तर दिनेहरु मध्येबाट पोखरा– २२ पुम्दीभुम्दी घर भई नयाँबजार बस्दै आएका धिरेन भुजेल विजेता घोषित भएका छन् । शुक्रबारको खेलमा चर्च बोइज क्लवले जित्ने अनुमान गरेका भुजेल गोला प्रथा मार्फत विजयी घोषित भएका हुन् । उनलाई शनिबार पोखरा रंगशालामा पुरस्कृत गरिने छ ।

शुक्रबार भएको खेलमा नेपाल पुलिस क्लवलाई २–१ गोलले हराउँदै चर्च बोइज क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अब आजको प्रश्न :
पुस १६ गते शनिबार हुने विभागिय टोली नेपाल एपीएफ क्लव र धरान फुटबल क्लवविचको खेल कस्ले जित्ला ?
यसमा सहभागि हुन नेपाल एपीएफ क्लवले जित्छ भन्ने लाग्नेले मोवाइलको म्यासेज बक्समा गई GOAL A टाइप गरि ३५००१ वा धरान फुटबल क्लवले जित्छ भन्ने लाग्नेले GOAL B टाइप गरि ३५००१ मा पठाउन सकिनेछ ।

अनुमानित सहि उत्तर दिनेहरु मध्यबाट गोलाप्रथा मार्फत प्रत्येक दिन सांझ ७ : ४५ बजे प्रशारण गरिने आहा रारा पोखरा गोल्डकप विशेष कार्यक्रममा विजेता घोषणा गरि सेभेन बी फोन जोन बुद्धविशाल बजारको तर्फबाट एक थान मोवाइल सेट र हिमश्री फुड्स प्रा.लि.को उत्कृष्ट उत्पादन रारा चाउचाउ एक कार्टुनद्वारा पुरस्कृत गरिने मार्केटिङ डाइरेक्टर श्रेष्ठले जानकारी दिए ।

एक विदेशीसहित १० टोलीको प्रतिश्पर्धा रहने गोल्डकपको फाइनलमा कस्ले उपाधि जित्ला ? भनि सोधिएको प्रश्नको अनुमानित सही उत्तर दिने मध्यबाट एक जनालाई महाविजेता घोषणा गर्दै डिजिटल साउण्ड एण्ड भिजनको तर्फबाट ३२ इन्चको एलईडी टेलिभिजन पुरस्कार स्वरुप प्रदान गरिने एफएमले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।