पौष १७ पोखरा । एभरेस्ट एफ.एम. ९३ मेगाहर्जले सञ्चालन गरेको आहा ! रारा पोखरा गोल्डकप ‘गेस एण्ड विन’मा शनिबारका विजेता नरहरी शर्मा पुरस्कृत भएका छन् । स्याङ्जाको आधिखोला गाउँपालिका– ५ स्थायी घर भई पोखराको नयाँबजार बस्दै आएका शर्मालाई आइतबार पुरस्कृत गरिएको हो ।
सहारा क्लव पोखराले सञ्चालन गरेको २२ औं संस्करणको “आहा रारा पोखरा गोल्डकपमा” नेपाल एपीएफ क्लव र धरान फुटबल क्लवविचको खेलमा एपीएफले जित्ने अनुमान गरेका शर्मा गोला प्रथा मार्फत विजेता घोषित भएका थिए । उनलाई आइतबार पोखरा रंगशालामा अखिल नेपाल फुटबल संघ एन्फा कास्कीका अध्यक्ष उज्जवल रञ्जितले सेभेन बी फोन जोन बुद्धविशाल बजारको तर्फबाट एक थान मोवाइल सेट र हिमश्री फुड्स प्रा.लि.को उत्कृष्ट उत्पादन रारा चाउचाउ एक कार्टुन पुरस्कार प्रदान गरेका हुन् ।
यस्तै आइतबारको अनुमानित सही उत्तर दिनेहरु मध्यबाट पोखरा–१३ निवासी सिर्जना गिरी विजयी भएकी छन् ।
आइतबार चर्च ब्वाइज यूनाइटेड फुटबल क्लवले जित्ने अनुमान गरेकी गिरी गोलाप्रथा मार्फत विजयी भएकी हुन् ।
विजयी गिरीलाई सोमबार पोखरा रंगशालामा सेभेन बी फोन जोन बुद्धविशाल बजारको तर्फबाट एक थान मोवाइल सेट र हिमश्री फुड्स प्रा.लि.को उत्कृष्ट उत्पादन रारा चाउचाउ एक कार्टुन प्रदान गरिने रेडियोका मार्केटिङ निर्देशक भोला कुमार श्रेष्ठले जानकारी दिए ।
पोखरा रंगशालामा जारी प्रतियोगितामा चर्च व्वाईज युनाइटेड क्लव दोश्रो क्वाटरफाइनल खेलमा ए डिभिजन लिग च्याम्पीयन मच्छिन्द्र क्लवलाई ३–१ ले स्तब्ध पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
यसअघि पोखरा १३ उद्गममार्गका हर्कबहादुर गुरुङ, पोखरा–२२ पुम्दीभुम्दीका धिरेन भुजेल विजयी भइसकेका छन् ।
अब आजको प्रश्न :
पुस १८ गते सोमबार हुने त्रिभूवन आर्मी क्लव र संकटा क्लवको खेल कस्ले जित्ला ?
यसमा सहभागि हुन त्रिभूवन आर्मी क्लवले जित्छ भन्ने लाग्नेले मोवाइलको म्यासेज बक्समा गई GOAL A टाइप गरि ३५००१ वा संकटा क्लवले जित्छ भन्ने लाग्नेले GOAL B टाइप गरि ३५००१ मा पठाउन सकिनेछ ।
अनुमानित सहि उत्तर दिनेहरु मध्यबाट गोलाप्रथा मार्फत प्रत्येक दिन सांझ ७ : ४५ बजे प्रशारण गरिने आहा रारा पोखरा गोल्डकप विशेष कार्यक्रममा विजेता घोषणा गरि सेभेन बी फोन जोन बुद्धविशाल बजारको तर्फबाट एक थान मोवाइल सेट र हिमश्री फुड्स प्रा।लि।को उत्कृष्ट उत्पादन रारा चाउचाउ एक कार्टुनद्वारा पुरस्कृत गरिने मार्केटिङ डाइरेक्टर श्रेष्ठले जानकारी दिए ।
एक विदेशीसहित १० टोलीको प्रतिश्पर्धा रहने गोल्डकपको फाइनलमा कस्ले उपाधि जित्ला ? भनि सोधिएको प्रश्नको अनुमानित सही उत्तर दिने मध्यबाट एक जनालाई महाविजेता घोषणा गर्दै डिजिटल साउण्ड एण्ड भिजनको तर्फबाट ३२ इन्चको एलईडी टेलिभिजन पुरस्कार स्वरुप प्रदान गरिने एफएमले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







