पुनरागमन जितसँगै संकटा आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा


     एभरेस्ट आवाज    
     पौष १८ गते २०७९ मा प्रकाशित




पोखरा, पुस १८

संकटा क्लव पोखरामा जारी आहा ! रारा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा जारी खेलमा पुनरागमन जितसँगै संकटा क्लव २२ औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनल पुग्ने तेश्रो टोली बनेको हो । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसँग एक गोलले पछि परेको अवस्था उल्टाउँदै संकटा क्लव बिजयी भयो । संकटाले आर्मीलाई ३–१ ले स्तब्ध पार्दा मेसुके, सुरजज्यू ठकुरी र स्टेफन बिनोङ नायक रहे । पराजित आर्मीका लागि नवयुग श्रेष्ठले सान्त्वना गोल गरे ।

आर्मीले खेलको १५ औं मिनेटमै गोल गर्दै अग्रता लिएको थियो । आर्मीका लागि नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । आर्मीका दिनेश हेम्जनलाई विपक्षी संकटा क्लवका निशान खड्काले डिबक्स क्षेत्रमा लडाएपछि आर्मीले पेनाल्टीको अवसर पायो । नवयुगले पेनाल्टी सदूपयोग गर्दै आर्मीलाई अग्रता दिलाएका हुन् ।

तर आर्मीले अग्रता जागाउन सकेन । संकटाले ३५ औं मिनेटमा बराबरी गोल गर्दै पुनरागमन ग¥यो । संकटाका लागि सुनिल बलको पासमा मेसुकेले गोल गर्दै खेल बराबरीमा पु¥याएका हुन् ।

पहिलो हाफ १–१ को बराबरीमा सकिएपछि दोश्रो हाफमा संकटाले आक्रामक रणनीति अप्नायो । खेलको ७३ औं मिनेटमा संकटाका सुरजज्यू ठकुरीले गोल गर्दै आर्मलाई अग्रता दिलाए । उनले अर्का खेलाडी मेसुकेले विपक्षी पोस्टमा प्रहार गरेको बल बारमा लागेर रिबाउण्ड भएको बललाई सहजै जाली चुमाए ।

२–१ ले अग्रता बनाएको संकटाले खेलको अन्तिम समयमा थप एक गोल गर्दै जित सुनिश्चित ग¥यो । संकटाका लागि स्टेफन बिनोङले तेश्रो गोल गरेका हुन् । उनले मेसुकेको पासमा गोलपोष्टको दिशा दिए ।

प्रतियोगिता अन्तर्गत मंगलबार अन्तिम क्वार्टरफाइनलमा मनाङमस्र्याङ्दी क्लबले भुटनिज युथ एससी अमेरिकाको सामना गर्नेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।