पोखरा । एभरेस्ट एफ.एम. ९३ मेगाहर्जले सञ्चालन गरेको आहा ! रारा पोखरा गोल्डकप ‘गेस एण्ड विन’मा आइतबारका विजेता सिर्जना गिरी पुरस्कृत भएकी छन् । पोखरा–१३ की गिरीलाई सोमबार पुरस्कृत गरिएको हो ।
सहारा क्लव पोखराले सञ्चालन गरेको २२ औं संस्करणको “आहा रारा पोखरा गोल्डकपमा” चर्च व्वाईज युनाइटेड क्लव मच्छिन्द्र क्लवविचको खेलमा चर्च व्वाईजले जित्ने अनुमान गरेकी गिरी गोला प्रथा मार्फत विजेता घोषित भएकी थिइन् ।
उनलाई सोमबार पोखरा रंगशालामा साहारा क्लव पोखराका संस्थापक बसन्त थकालीले सेभेन बी फोन जोन बुद्धविशाल बजारको तर्फबाट एक थान मोवाइल सेट र हिमश्री फुड्स प्रा.लि.को उत्कृष्ट उत्पादन रारा चाउचाउ एक कार्टुन पुरस्कार प्रदान गरेका हुन् ।
यस्तै सोमबारको अनुमानित सही उत्तर दिनेहरु मध्यबाट पोखरा–१५ , नयागाउँ निवासी दलबहादुर विश्वकर्मा विजयी भएक छन् । संकटा क्लवले जित्ने अनुमान गरेका विश्वकर्मा गोलाप्रथा मार्फत विजयी भएका हुन् ।
विजयी विश्वकर्मालाई मंगलबार पोखरा रंगशालामा पुरस्कार प्रदान गरिने रेडियोका मार्केटिङ निर्देशक भोला कुमार श्रेष्ठले जानकारी दिए ।
पोखरा रंगशालामा जारी प्रतियोगितामा संकटाले आर्मीलाई ३–१ ले स्तब्ध पार्दै २२ औं आहा ! रारा पोखरा गोल्डकपमा सेमीफाइनल पुग्ने तेश्रो टोली बनेको छ ।
यसअघि पोखरा १३ उद्गममार्गका हर्कबहादुर गुरुङ, पोखरा–२२ पुम्दीभुम्दीका धिरेन भुजेल, स्याङ्जाको आधिखोला गाउँपालिका– ५ का नरहरी शर्मा विजयी भइसकेका छन् ।
अब आजको प्रश्न :
पुस १८ गते सोमबार हुने मनाङ मस्र्याङ्दी क्लव र भूटनिज यूथ स्पोर्टस् क्लवविचको खेल कस्ले जित्ला ?
यसमा सहभागि हुन मनाङ मस्र्याङ्दी क्लवले जित्छ भन्ने लाग्नेले मोवाइलको म्यासेज बक्समा गई GOAL A टाइप गरि ३५००१ वा भूटनिज यूथ स्पोर्टस्ले जित्छ भन्ने लाग्नेले GOAL B टाइप गरि ३५००१ मा पठाउन सकिनेछ ।
अनुमानित सहि उत्तर दिनेहरु मध्यबाट गोलाप्रथा मार्फत प्रत्येक दिन सांझ ७ : ४५ बजे प्रशारण गरिने आहा रारा पोखरा गोल्डकप विशेष कार्यक्रममा विजेता घोषणा गरि सेभेन बी फोन जोन बुद्धविशाल बजारको तर्फबाट एक थान मोवाइल सेट र हिमश्री फुड्स प्रा।लि।को उत्कृष्ट उत्पादन रारा चाउचाउ एक कार्टुनद्वारा पुरस्कृत गरिने मार्केटिङ डाइरेक्टर श्रेष्ठले जानकारी दिए ।
एक विदेशीसहित १० टोलीको प्रतिश्पर्धा रहने गोल्डकपको फाइनलमा कस्ले उपाधि जित्ला ? भनि सोधिएको प्रश्नको अनुमानित सही उत्तर दिने मध्यबाट एक जनालाई महाविजेता घोषणा गर्दै डिजिटल साउण्ड एण्ड भिजनको तर्फबाट ३२ इन्चको एलईडी टेलिभिजन पुरस्कार स्वरुप प्रदान गरिने एफएमले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







