प्रतिनिधिसभा सदस्य आले र राईद्वारा सपथ


     एभरेस्ट आवाज    
     पौष १९ गते २०७९ मा प्रकाशित





प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आले र माया राईले आज सपथ ग्रहण गरेका छन ।

आज दिउँसो साढे १२ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबरामार्फत् उनीहरुले सपथ लिएका हुन ।

गत पुस ७ मा भएको प्रतिनिधिसभाका सदस्यहरुको सपथ समारोहमा आले र राई अनुपस्थित थिए । आले पारिवारिक शोकमा भएकाले र राई अस्पतालमा भर्ना भएकाले उनीहरुले आज सपथ लिएका हुन ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।