पोखरा । एभरेस्ट एफ.एम. ९३ मेगाहर्जले सञ्चालन गरेको आहा ! रारा पोखरा गोल्डकप ‘गेस एण्ड विन’मा सोमबारका विजेता दलबहादुर विश्वकर्मा पुरस्कृत भएका छन् । पोखरा–१५, नयाँगाउँका विश्वकर्मालाई मंगलबार पुरस्कृत गरिएको हो ।
सहारा क्लव पोखराले सञ्चालन गरेको २२ औं संस्करणको “आहा रारा पोखरा गोल्डकपमा” त्रिभुवन आर्मी क्लव र संकटा क्लवविचको खेलमा संकटाले जित्ने अनुमान गरेका विश्वकर्मा गोला प्रथा मार्फत विजेता घोषित भएका थिए ।
उनलाई मंगलबार पोखरा रंगशालामा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ र साहारा क्लव हङकङका अध्यक्ष दीपक गुरुङले संयुक्तरुपमा सेभेन बी फोन जोन बुद्धविशाल बजारको तर्फबाट एक थान मोवाइल सेट र हिमश्री फुड्स प्रा.लि.को उत्कृष्ट उत्पादन रारा चाउचाउ एक कार्टुन पुरस्कार प्रदान गरे ।
यस्तै मंगलबारको अनुमानित सही उत्तर दिनेहरु मध्यबाट पोखरा–९ , नयाँबजार निवासी लालदेवि शर्मा पौडेल विजयी भएकी छन् । अमेरिकाको भुट्निज यूथ स्पोर्टस् क्लवले जित्ने अनुमान गरेकी पौडेल गोलाप्रथा मार्फत विजयी भएकी हुन् ।
विजयी पौडेललाई बुधबार पोखरा रंगशालामा पुरस्कार प्रदान गरिने रेडियोका मार्केटिङ निर्देशक भोला कुमार श्रेष्ठले जानकारी दिए ।
पोखरा रंगशालामा जारी प्रतियोगिताको मंगबार अन्तिम क्वाटरफाइनलमा मनाङलाई अमेरिकाको भुटनिज यूथ क्लवले १ –० ले पराजित गर्दै २२ औं आहा ! रारा पोखरा गोल्डकपमा सेमीफाइनल पुगेको छ ।
यसअघि पोखरा १३ उद्गममार्गका हर्कबहादुर गुरुङ, पोखरा–२२ पुम्दीभुम्दीका धिरेन भुजेल, स्याङ्जाको आधिखोला गाउँपालिका– ५ का नरहरी शर्मा, पोखरा–१३ की सिर्जना गिरी विजयी भइसकेका छन् ।
अब आजको प्रश्न :
पुस २० गते बुधबार हुने नेपाल एपीएफ क्लव र संकटा क्लवविचको खेल कस्ले जित्ला ?
यसमा सहभागि हुन नेपाल एपीएफ क्लवले जित्छ भन्ने लाग्नेले मोवाइलको म्यासेज बक्समा गई GOAL A टाइप गरि ३५००१ वा संकटाले जित्छ भन्ने लाग्नेले GOAL B टाइप गरि ३५००१ मा पठाउन सकिनेछ ।
अनुमानित सहि उत्तर दिनेहरु मध्यबाट गोलाप्रथा मार्फत प्रत्येक दिन सांझ ७ : ४५ बजे प्रशारण गरिने आहा रारा पोखरा गोल्डकप विशेष कार्यक्रममा विजेता घोषणा गरि सेभेन बी फोन जोन बुद्धविशाल बजारको तर्फबाट एक थान मोवाइल सेट र हिमश्री फुड्स प्रा.लि. को उत्कृष्ट उत्पादन रारा चाउचाउ एक कार्टुनद्वारा पुरस्कृत गरिने मार्केटिङ डाइरेक्टर श्रेष्ठले जानकारी दिए ।
एक विदेशीसहित १० टोलीको प्रतिश्पर्धा रहेको गोल्डकपको फाइनलमा कस्ले उपाधि जित्ला ? भनि सोधिएको प्रश्नको अनुमानित सही उत्तर दिने मध्यबाट एक जनालाई महाविजेता घोषणा गर्दै डिजिटल साउण्ड एण्ड भिजनको तर्फबाट ३२ इन्चको एलईडी टेलिभिजन पुरस्कार स्वरुप प्रदान गरिने एफएमले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







