‘गेस एण्ड विन’ : भुट्निज यूथ स्पोर्टस् क्लवले जित्ने अनुमान गरेकी शर्मा पुरस्कृत


     एभरेस्ट आवाज    
     पौष २० गते २०७९ मा प्रकाशित




पौष २० पोखरा । एभरेस्ट एफ.एम. ९३ मेगाहर्जले सञ्चालन गरेको आहा ! रारा पोखरा गोल्डकप ‘गेस एण्ड विन’मा अमेरिकाको भुट्निज यूथ स्पोर्टस् क्लवले जित्ने अनुमान गरेकी पोखरा–९ नयाँ बजारकी लालदेबी शर्मा पौडेल पुरस्कृत भएकी छन् ।

सहारा क्लव पोखराले सञ्चालन गरेको २२ औं संस्करणको “आहा रारा पोखरा गोल्डकपमा” मंगलबारको मनाङ मस्र्याङ्दी क्लव र भुट्निज यूथ स्पोर्टस् अमेरिकाविचको खेलमा भुट्निज यूथ स्पोर्टस्ले जित्ने अनुमान गरेकी शर्मालाई बुधबार पोखरा रंगशालामा पुरस्कृत गरिएको हो ।

उनलाई सशस्त्र प्रहरी बल ४ नम्वर बाहिनीका प्रहरी नायव महानिरीक्षक सम्भु सुवेदीले सेभेन बी फोन जोन बुद्धविशाल बजारको तर्फबाट एक थान मोवाइल सेट र हिमश्री फुड्स प्रा.लि.को उत्कृष्ट उत्पादन रारा चाउचाउ एक कार्टुन पुरस्कार स्वरुप प्रदान गरे ।

यस्तै बुधबारको अनुमानित सही उत्तर दिनेहरु मध्यबाट पोखरा–५ , प्रस्र्याङ नवासी शान्ता गुरुङ विजयी भएकी छन् । संकटा क्लवले जित्ने अनुमान गरेकी गबुरुङ गोलाप्रथा मार्फत विजयी भएकी हुन् ।

विजयी गुरुङलाई बिहीबार पोखरा रंगशालामा पुरस्कार प्रदान गरिने रेडियोका मार्केटिङ निर्देशक भोलकुमार श्रेष्ठले जानकारी दिए ।

पोखरा रंगशालामा जारी प्रतियोगिताको बुधबार पहिलो सेमीफाइनलमा विभागिय टोली नेपाल सशस्त्र प्रहरी बलको एपीएफलाई ४– १ पराजित गर्दै २२ औं आहा ! रारा पोखरा गोल्डकपको फाइनल पुगेको छ ।

यसअघि पोखरा १३ उद्गममार्गका हर्कबहादुर गुरुङ, पोखरा–२२ पुम्दीभुम्दीका धिरेन भुजेल, स्याङ्जाको आधिखोला गाउँपालिका– ५ का नरहरी शर्मा, पोखरा–१३ की सिर्जना गिरी, । पोखरा–१५, नयाँगाउँका दलबहादुर विश्वकर्मा विजयी भइसकेका छन् ।

अब आजको प्रश्न :
पुस २१ गते बिहीबार हुने भट्निज यूथ स्पोर्टस् क्लव र चर्च व्वाईज फुटबल क्लवविचको खेल कस्ले जित्ला ?

यसमा सहभागि हुन भट्निज यूथ स्पोर्टस् क्लवले जित्छ भन्ने लाग्नेले मोवाइलको म्यासेज बक्समा गई GOAL A टाइप गरि ३५००१ वा चर्च व्वाईजले जित्छ भन्ने लाग्नेले GOAL B टाइप गरि ३५००१ मा पठाउन सकिनेछ ।

अनुमानित सहि उत्तर दिनेहरु मध्यबाट गोलाप्रथा मार्फत प्रत्येक दिन सांझ ७ : ४५ बजे प्रशारण गरिने आहा रारा पोखरा गोल्डकप विशेष कार्यक्रममा विजेता घोषणा गरि सेभेन बी फोन जोन बुद्धविशाल बजारको तर्फबाट एक थान मोवाइल सेट र हिमश्री फुड्स प्रा.लि. को उत्कृष्ट उत्पादन रारा चाउचाउ एक कार्टुनद्वारा पुरस्कृत गरिने मार्केटिङ डाइरेक्टर श्रेष्ठले जानकारी दिए ।

एक विदेशीसहित १० टोलीको प्रतिश्पर्धा रहेको गोल्डकपको फाइनलमा कस्ले उपाधि जित्ला ? भनि सोधिएको प्रश्नको अनुमानित सही उत्तर दिने मध्यबाट एक जनालाई महाविजेता घोषणा गर्दै डिजिटल साउण्ड एण्ड भिजनको तर्फबाट ३२ इन्चको एलईडी टेलिभिजन पुरस्कार स्वरुप प्रदान गरिने एफएमले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।