पोखरा । पोखरालाई मुकाम बनाएर महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशिल गैर सरकारी संस्था राईट फर चिल्ड्रेनले सामाजिक लेखाजोखा कार्यक्रम गरेको छ । संस्थाले आफ्नो १०औं बार्षिकोत्सबको अवसर पारी सामाजिक लेखाजोखासंगै “प्रयास” नामक नयां परियोजनाको पनि शुभारम्भ गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा उपमहानगरपालिकाका उप प्रमुख मन्जुदेबी गुरुड.ले स्वास्थ्य र शिक्षामा राइट फर चिल्ड्रेनले गरेको कार्यको सराहना गर्दै अझ ब्यवश्थित र प्रभाबकारी ढंगले गर्न सुझाब दिइन् । गुरुड.ले पोखरालाई मुकाम बनाएर संचालित सम्पूर्ण गैर सरकारी संस्था पोखरा महानगरपालिकाको समन्वयमा आई बिधिपूर्बक सहकार्य गर्नु पर्नेमा जोड दिइन् ।

राईट फर चिल्ड्रेनका प्रमुख कार्यकारी अधिकृत अनिल पौडेलले संस्थाको उद्देश्य माथि प्रकाश पार्दै संस्थाको १० बर्षे गतिबिधि, उतार चढाब, बान्छित उपलब्धि, बजेट र श्रोतका बारेमा प्रस्तुतिकरण दिएका थिए ।अन्तर्क्रिया तथा सुझाब सत्रमा बोल्दै पोखरा महानगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष राममोहन आचार्य, पोखरा १७ का वडा अध्यक्ष राधिकाकुमारी शाही, वडा नं१५ का वडा अध्यक्ष तोरणबहादुर बांनिया, वडा नं.२२ का अध्यक्ष हिमलाल बरालले राइट फर चिल्ड्रेनले गरेको सामाजिक योगदानको मूल्यांकन गर्दै गैर सरकारी संस्थाहरुले कार्यक्रम र बजेट निर्माण गर्दा समय मै वडासंग समन्वय र परामर्श गर्नु पर्नेमा जोड दिएका थिए । शिक्षा बिकास तथा समन्वय इकाई कास्कीका प्रमुख नारायणप्रसाद सुबेदीले शिक्षाको गुणस्तरिय बिकासकालागि राज्य र सरोकारवाला पक्ष मिलेर अघि बढ्नु पर्ने बताए । पोखरा महानगरपालिका शिक्षा विकास महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले कोभिडको बेला शिक्षा क्षेत्रमा परेको समस्या स्मरण दराउदै आसन्न संभाबित लहरकालागि पूर्ब तयारी प्रति बेलैमा सचेत रहनु पर्नेमा जोड दिदै त्यसकालागि राइट फर चिल्ड्रेनलाई बिगतमा जस्तै सहयोगकालागि आग्रह गरे । CTEVT गण्डकी प्रदेशका निर्देशक प्रमोदभक्त आचार्यले राईट फर चिल्ड्रेनसंग सहकार्य गरेर कार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै, तालिम प्रदायक संस्थाहरुसंग बजारको माग अनुसार तालिमकालागि सहजिकरण गर्ने प्रतिबद्दता ब्यक्त गरे । नारी सेवा समितिका अध्यक्ष उषा बरुवालले महिला दिदी बहिनीलाई हस्तकला सम्बन्धि तालिम दिएर स्वरोजगार तर्फ आकर्षण गर्न सकिने सुझाब दिएकी थिइन् ।

कार्यक्रममा गैर सरकारी संस्था गण्डकी प्रदेश समितिका कार्यबाहक अध्यक्ष पदम पहारी, इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेल, पोखरा होटल संघका अध्यक्ष लक्ष्मण सुबेदी, संक्रामक तथा सरुवा रोग प्रादेशिक अस्पताल शिशुवाका प्रमुख डा बिकास गौचन, माछापुच्छ्रे मा बि सार्दिखोलाका प्र.अ.सन्तोष आचार्य लगायतले राइट फर चिल्ड्रेनको योगदान, सहयोग र गतिबिधिको चर्चा गर्दै अझ प्रभाबकारी ढंगले फरक आयाममा काम गर्नु पर्नेमा जोड दिएका थिए ।
समारोहमा राइट फर चिल्ड्रेनकी बित्त तथा प्रशासनिक ब्यवश्थापक किर्ति श्रेष्ठले नयां परियोजना “प्रयास”को घोषणा गर्दै प्रयास परियोजना बारेमा जानकारी दिएकी थिइन् । संस्थाका सल्लाहकार जयेन्द्र गौचनले स्वागत तथा संचारकर्मि दीपेन्द्र श्रेष्ठले सामाजिक लेखा परिक्षकको रुपमा सहजिकरण गरेका थिए।कार्यक्रमका अध्यक्ष तथा राइट फर चिल्ड्रेनका अध्यक्ष दीपेन्द्र राईले सहभागीहरुलाई धन्यबाद ज्ञापन गर्दै आएका सुझाबलाई मनन् गरी आगामी दिनमा अझै सहकार्य गर्दै काम गर्ने प्रतिवद्धता ब्यक्त गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







