पोखरा । पोखरामा एक अपांगता भएकी नालिकालाई जबरजस्ती करणी गरेको भन्दै एक ७१ वर्षिय बृद्ध कारागार चलान भएका छन् ।
२०७६ भदौ ७ गते सोही नावालिकालाई जबरजस्ती करणी गरेकोले पोखरा २८ माझठानाका ७१ वर्षिय तारानाथ तिवारी कारागार चलान भएका हुन् ।
घटनाको अनुसन्धानको क्रममा उनलाई तत्काल पक्राउ परी अनुसन्धान गरेर अदालतमा पेश गर्दा पुर्पक्षको लागि कारागार चलान गरिएको थियो ।
साथै २०७७ कार्तिक २७ गते कास्की जिल्ला अदालतले उनलाई सफाई समेत दिएको थियो । तर गत बैशाख १४ गते उच्च अदालतले उक्त घटनालाई उल्टाई १९ वर्ष ३ महिना कैद, १० हजार जरिवाना र पीडितलाई २ लाख क्षतिपूर्ति दिने फौसला गरेको थियो ।
उक्त फैसला बमोजिमको कैद, दण्ड, जरिवाना भुक्तानीको लागि उनलाई २२ गते शुक्रबार उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
तिवारीलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराईएको थियो । साथै तिवारीलाई आजै कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







