पुस २४ काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार आकस्मिक बसेको निगम सञ्चालक समितिको बैठकले मध्यरात १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३÷३ रुपैयाँ घटाउने निर्णय गरेको हो ।
मूल्य घटेसँग अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १७२ रुपैयाँ पर्ने भएको छ ।
निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको जनाएको छ । ग्यासमा उच्च घाटा रहेकाले मूल्य घटाउन नसकिएको निगमले जनाएको छ ।
यस्तै निगमले आन्तरिक हवाई इन्धनमा २० रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा ३० रुपैयाँ घटाएको छ । अब आन्तरिकतर्फ हवाई इन्धनको मूल्य १७० रुपैयाँ कायम भएको छ ।
हवाई इन्धनमा बढी नाफा राख्दा यात्रुले आन्तरिक र बाहृय उडानका लागि महँगो शुल्क तिर्नुपरेको थियो । हवाई इन्धनमा चर्को शुल्क लिएको भन्दै चौतर्फी आलोचना भएपछि आइतबार आकस्मिक बसेको सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







