पुस २५ पोखरा । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस पोखरामा विभिन्न कार्यक्रमसहित मनाइने भएको छ । पोखरामा सोमबार ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिक मूल समारोह समिति कास्कीले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो ।
पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन नागरिक स्तरबाट गठन भएको समितिले २७ गते गरिने विभिन्न कार्यक्रम सार्वजनिक गरेको हो । समितिका अनुसार दिवसका दिन पोखरा १८ जामुनबोटस्थित पृथ्वी नारायण शाहको सालिकमा मल्यापर्ण, शोभायात्रा, तथा दिप प्रज्जवलनलगायतका कार्यक्रमहरु गरिने समितिका प्रचार प्रसार संयोजक पार्वता पौडेलले जानकारी दिइन् ।
पूर्वान्ह ११ बजे पोखराको चिप्लेढुंगाबाट शुरु हुने शोभायात्रा न्यूरोड हुँदै पृथ्वीचोकमा पुगी सभामा परिणत हुनेछ । पञ्चेबाजा, भजन चुड्का, सांस्कृतिक झाँकी, पृथ्वी नारायण शाहको तस्विर र नेपालको झण्डाको सहितको हुने सोभा यात्रामा हेलिकोप्टरबाट पुष्पवृष्टिसमेत गरिने पौडेलले जानकारी दिइन् ।
सोभायात्रा विश्व हिन्दु महासंघको अग्रसरता र नागरिक समाजसँगको सहकार्यमा आयोजना गर्न लागिएको कार्यक्रममा राप्रपा कास्की, विभिन्न जातिय समाज, राष्ट्रिय धर्म सभा, धार्मिक संघ संस्था, विभिन्न राजनैतिक पार्टीलगायतको विशेष सहयोग रहने कार्यक्रम संयोजक शंकर खरालले जानकरी दिए । त्यस्तै सोही दिन पोखराको पृथ्वीचोकमा साँझ दिप प्रज्जवलन र गितामन्दिरमा कबि गोष्ठी गरिने छ ।
समितिले स–साना राज्यहरू जोडेर विशाल राष्ट्रकै निर्माण गर्ने र सिङ्गो भूखण्डका जनतालाई राष्ट्रिय पहिचान प्रदान गर्ने महान विभूति पृथ्वी नारायण शाहलाई राष्ट्रपिता वा राष्ट्रनिर्माताका रूपमा विशिष्ट सम्मान गर्न माग गरेको छ । समितिले सो कार्यक्रमलाई भब्यरुपमा सफल बनाउन उपस्थितीका लागि आमसर्वसाधरणलाई आग्रह गरेको छ ।
गोरखाको राजकुमारका रुपमा १७७९ पुस २७ मा जन्मिएका पृथ्वीनारायणले बिभिन्न टुक्रे राज्यमा छरिएको नेपाललाई एकत्रित र आनुधिक नेपाल निर्माणको सुरुआत गरेका थिए । त्यसैले उनलाई राष्ट्र निर्माताको मान्यता पनि दिने गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ४३…





