लोसपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने


     एभरेस्ट आवाज    
     पौष २६ गते २०७९ मा प्रकाशित




लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ

लोसपाका सांसद शरत्सिंह भण्डारीले पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको राससलाई जानकारी दिए । उनले भने, “हाम्रो पार्टी ९लोसपा० ले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

यसअघि लोसपाको संसदीय दलको बैठकले अध्यक्ष ठाकुरलाई विश्वासको मतबारे निर्णय गर्ने अधिकार थियो । लोसपाको प्रतिनिधिसभामा चार सांसद छन् । प्रधानमन्त्री दाहालले केहीबेरपछि सुरु हुने प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिनुहुने कार्यसूची छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।