पुस ३० पोखरा । पोखरा लेडी जेसीजको वर्ष २०२३ को शाखा पदाधिकारी तालिम शनिबार सम्पन्न भएका छ । संस्थाका वर्षभरिका विभिन्न गतिविधिहरु सञ्चालन गर्न सदस्यहरुको पदिय दायित्व, काम कर्तव्यको बोध गराउने उद्देश्यले सञ्चालन गरेको तालिममा जेसीआई सिनेटर रविन्द्र गुरुङले सहजिकरण गरे ।
प्रशिक्षकत गुरुङले तालिममा संस्थाका पदाधिकारीहरुको भूमिका, वार्षिक कार्ययोजना निर्माणका सैद्धान्तिक एवं प्रयोगात्मक अभ्यास, लगायतका विषयमा प्रस्तुति राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जेसीआई सिनेटर गुरुङले संस्थाले उदाहरणीय कामहरु गरिरहेको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रममा मातृ शाखा पोखरा जेसीजका वर्ष २०२३ का अध्यक्ष गणेश गिरी, संस्थाका निवर्तमान अध्यक्ष लक्ष्मी अधिकारी, तालिम संयोजक इसा आले, तालिम आयुक्त सरस्वती थापा क्षेत्री (सरु), संस्थाका कोषाध्यक्ष सम्झना थापा क्षेत्री, सदस्य सकुन पौडल लगायतले बोलेका थिए ।
पोखरा लेडी जेसीज वर्ष २०२३ का अध्यक्ष लक्ष्मी कुवँर (लता) को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव अनिता खड्काले गरेकी थिइन् । तालिममा सञ्चालक समितिका पदाधिकारी तथा साधारण सदस्यहरुको उल्लेख्य उपस्थिती रहेको तालिम संयोजक इसा आलेले जानकारी दिइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







