उद्धार र उपचारमा खटिन मुख्यमन्त्रीको आह्वान


     एभरेस्ट आवाज    
     माघ १ गते २०७९ मा प्रकाशित




फाइल तस्विर

पोखरा, माघ १

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखरामा भएको जहाज दुर्घटनामा परेकाहरुको खोज, उद्धार र उपचारमा खटिन आह्वान गरेका छन् । मुख्यमन्त्री अधिकारीले आइतबार एक विज्ञप्ती जारी गर्दै उनले यति एयरलाईन्सको विमान दुर्घटनामा परेकाहरुको खोज, उद्धार र उपचारमा खटिन आह्वान गरेका हुन् ।

मुख्यमन्त्री अधिकारीले जहाज दुर्घटना स्थल पुगेर आफूले अवलोकन गर्नुका साथै त्यहाँको अवस्थाबारे जानकारी लिएको उल्लेख गरेका छन् । आफूले उद्धारमा खटिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतलाई तत्काल खोज, उद्धार र उपचारमा खटिन निर्देशनपनि दिएको बताएका छन् ।

मुख्यमन्त्री अधिकारीले विमान दुर्घटनाको कारण पत्ता लगाएर यसलाई सुरक्षित बनाउनुपर्नेमा जोड दिएका छन् । विज्ञप्तीमा भनिएको छ,‘विमान दुर्घटनाको प्राविधिक तथा गैरप्राविधिक कारणबारे अनुसन्धान गरी नेपालको हवाई यात्रालाई सुरक्षित, भरपर्दो बनाउन अन्त्यन्त प्राथमिकताका साथ लाग्नु पर्ने भएको छ ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।