फाइल तस्विर
पोखरा । सेती नदीको खोँचमा दुर्घटना भएको यति एअरलायन्सको विमानमा सवारमध्ये ६८ जनाको शव फेला परेको छ । फेला परेकामध्य ११ जनाको शव सनाखत भएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
संकलित शवहरु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोसमार्टमका लागि ल्याउने क्रम जारी रहेको छ । सनाखत भएका शवलाई भोलि मात्रै मृतकका आफन्तलाई बुझाइने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । सनाखत हुन बाँकी शव काठमाण्डौं लगिने प्रशासनले जनाएको छ ।
६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित काठमाण्डौबाट पोखराका लागि उडेको विमान पोखरामा अवतरण गर्ने तयारीका क्रममा सेती नदी खोँचमा खसेको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको…







