माघ १ पोखरा । आइतबार विमान दुर्घटनामा परि पत्रकार त्रिभूवन पौडेलको निधन भएको प्रति नेपाल पत्रकार महासंघ गण्डकीले गहिरो दु : ख व्यक्त गरेको छ ।
महसंघले आइतबार एक विज्ञप्ती जारी गर्दै नेपाल पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष एवं सल्लाहकार पौडेलको निधनप्रति गहिरो दु ः ख व्यक्त गर्दै शोकको दुखद घडीमा महासंघले महासंघ गण्डकी प्रदेश र प्रदेश अन्तर्गतका ११ वटै जिल्ला शाखामा शोक मनाउने निर्णय गरेको महासचिव गोविन्द प्रसाद सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ ।
जसअन्र्तगत भोलि सोमबारदेखि १३ दिनसम्म महासंघ गण्डकी प्रदेश र सबै जिल्ला शाखा कार्यालय बन्द गर्ने, शोकसभा बाहेकका कुनैपनि औपचारिक कार्यक्रम नगर्ने, गण्डकी प्रदेश कार्यालय र जिल्ला शाखा बन्द गरि कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको जारी विज्ञप्तीमा उल्लेख छ ।
‘पत्रकार पौडेलको निधनले गण्डकी प्रदेश र समग्र नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी, जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको छ । पत्रकार महासंघ गण्डकी प्रदेशले आफ्नो एक अभिभावक गुमाएको छ । पोखराबाट पत्रकारिता क्षेत्रमा राम्रो पहिचान बनाउनुभएका पौडेलको निधनले समग्र नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।’ विज्ञप्तीमा भनिएको, ‘नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति स्वर्गीय पौडेलसहित विमान दुर्घटनामा निधन भएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त सम्पूर्णको परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै गहिरो समवेदना प्रकट गर्दछ ।’
पत्रकार पौडेल २०७४ मा गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्षको रुपमा काम गरेर २५ चैत २०७७ मा २६ औं महाधिवेशनबाट निर्वाचित भई केन्द्रिय सदस्य भएका थिए । त्यस अघि उनी कास्की शाखामा एक पटक उपाध्यक्ष र दुईपटक सचिवका रुपमा रही पोखरा र समग्र पत्रकारितामै महत्वपूर्ण योगदान दिएका थिए ।
पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरु गरेका पौडेलले पोखराकै अन्नपूर्ण एफएम र केही समय नेपाल टेलिभिजनमा काम गरेका थिए । विभिन्न पत्रपत्रिकामा स्तम्भ र लेख लेख्दै आएका पत्रकार पौडेल पछिल्लो समय पोखरा हटलाइन दैनिक पत्रिकाकै प्रकाशक ÷ सम्पादकका रुपमा कार्यरत थिए । स्वर्गीय पौडलका आमा, श्रीमती र एक छोरा छन् ।
आज बिहान काठमाडौंबाट पोखराका लागि उडेको नाइन एन एएनसी एटियार – ७२ जहाज अवतरण गर्ने क्रममा पोखराको पुरानो एयरपोर्टको तल पोखरा ७ र १५ सेतीको खाँच (नयाँ गाउँतर्फ ) दुर्घटना हुँदा विमानमा सवार पौडेलसहित ७२ जनाकोे निधन भएको हो । जसमा ३ जनाको अवस्था अज्ञात छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ३० गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६४ प्रतिशत…





